रास्वपा संसदीय दलको बैठक बस्दै
आइतबार, २५ चैत २०८०, ०९ : १८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार साँझ ५ बजे बस्ने तय छ ।
बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
यस्तै, संसदमा प्रस्तुत विधेयकहरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेन्डा रहेको परियारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेश विद्युत् निर्यात नेपालका लागि कोसेढुंगा : मन्त्री खड्का
-
सुमन सायमिसहित ४ जना पक्राउ
-
५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद छैन : गृहमन्त्री लेखक
-
राज्यमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : तपाईंको कम्पनी कालोसूचीमा परेको विषय के हो ?
-
सम्पर्कविहीन भनेर सूचना निकालिएका ठेकेदार तथा राज्यमन्त्रीको कम्पनीका कारण १५ सडक अलपत्र
-
भरतपुर महानगरपालिकाले नेपाली महिला यु–१९ क्रिकेट टिममा छनोट भएका १४ खेलाडीलाई सम्मान गर्ने