आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिँगारु भाकामा  छमछम नाचे काठमाडौँमा रहेका रुकुमेली

आइतबार, २५ चैत २०८०, ०७ : ११
आइतबार, २५ चैत २०८०

तेरा गाईले लात्या हान्यो, गाई दुही लिया लछु 
बग्दै आ पानैका फूल, तिर लाउने म छु ।
तिर लाउने म छु, नानै, तिर लाउने म छु ।

आज बिबै भोलि सुक, पर्सिको छन्चर 
यस्तै हुन्च म आउादिना, धौ जानु हुन्च र । 
धौ जानु हुन्च र नानै, धौ जानु हुन्च र ।

हाङ्गी चाल्यो बाादरुले, ठेला बस्यो छाउनो 
माया भन्नु परानी हो, जोवन भन्नु पाउनो । 
जोवन भन्नु पाउनो, नानै, जोवन भन्नु पाउनो ।

किटिकिटे घारी लाइदेऊ, गाई वन डुल्दैन ।
फूलबारी निस्याइलो भैगो, फूल किन फुल्दैन ।। 

झुला, मग्मा, घारिखोला, तली आठबीस चौर 
बाली साईलाई नया देखें, गोतामकोटकी हौ र ? 

खोलागाउँ, नुवाकोट, मुरु, पेउघा गाउँ ।
भलाक्चामा झम्के भेट, के हो यो नि नाउँ ??

ससुबारी रायो रोपें, फलिगो छ तोरी 
पाउदेखि शिरसम्म राम्री, कस्की पौ छोरी ??

गौको बालो जाौको बालो, के चरीले लइगो । 
के दिन लाइत्यौ लौरु माया, धौबिर्सनु भैगो ।।

दूधभन्दा दही मिठो, दहीभन्दा मोही । 
बैरागीको मन बुझाउने, छ्यौ कि माया कोही ??

गोठैका गुवाला दाजु, गाबुमा मल पर्यो । 
साई आउँदा जुनेली रात, म आउादा झल् पर्यो ।। 

मैकोट हुकाम तक हुँदै, कार्की गाउा जाउँला ।
रुकुमकोटमा भेटघाट गरी, माया प्रीति लाउँला ।।

बुकीपाटन लालपाटन, सिस्ने हिमाल चुली । 
कमलतालमा भेट भयो, कुरा गरौं ठूली ।। 

देउराली ओराल, वराह मन्दिर, तल छिप्रीदह । 
सेराखेत बसीकन, मेटौं मनको वह ।।

जाडो महिना खानासग, गहतको दाल । 
भोगले चाप पार्यो जेई, एक थाल ढिरो हाल । 

गाईभन्दा कोरली राम्री, कोरलीभन्दा बाछी । 
घरबार जोरौं मेरी बाजै, दैवु राखी साक्षी ।।

रुकुमका गाउँघर, पाखा पखेरा, डाँडाकाँडामा गाइने यी सिँगारु भाका शनिबार काठमाडौँमा गुन्जिए । ती भाकासँगै कम्मर मकाउँदै रुकुमेलीहरु नाचे । माहौल हेर्दा यस्तो लाग्यो, रुकुम जुरुक्क उठेर सिँगारु गाउन र नाच्न काठमाडौँ पसेछ । यस्तो नाचगान गर्नुको खुसीयाली थियो, रुकुमको मौलिकता बोकेको सिँगारु किताबको प्रकाशन । 

शनिबार यी सिँगारु भाकामा कलाकार, साहित्यकार, राजनीतिक दलका नेताहरू छमछमी नाचे । रुकुमका साथै सल्याका केही भागमा प्रख्यात गीत, साहित्य, संस्कृति सम्बन्धी विषयलाई समेटेर ‘सिँगारु’ प्रकाशित भएको छ । दसौँ वर्षदलेखि रुकुम पूर्व र पश्चिममा परम्पराको रूपमा रहेको सिँगारु कला, साहित्य, संस्कृति, भाषा, सम्पदालाई प्रवर्द्धन गर्ने उद्देश्यले सिँगारु प्रकाशित गरिएको रुकुम वाङमत अधिष्ठानले जनाएको छ ।  रुकुम, सल्यानमा सिँगारु गीत, सङ्गीत र नृत्य पुस्तौँदेखि चल्दै आएको छ । 

प्रधान सम्पादक पूर्ण ओलीले रुकुम पूर्व र पश्चिमका साथै सल्यानमा दशकाैँ वर्ष पहिलेदेखि चल्दै आएको गीत, सङ्गीत, नृत्य र परम्परालाई समेटेर सिँगारुमा समेटिएको बताए । ‘रुकुममा दशकौँदेखि चल्दै आएको  अमूल्य परम्पराको रूपमा रहेको सिँगारु पुस्तकले भूगोल, संस्कृति, गीत, सङ्गीतलाई राम्रोसँग समेटेको छ’ उनले भने, ‘आगामी दिनमा अझै राम्रो बनाउने प्रयास गर्नेछौ ।’

कार्यक्रममा अरुण शाह, माधव थापा, जय देवकोटा, तिलक परियार, रविप्रकाश मल्ललगायतले सिँगारु गीत र नृत्य प्रस्तुत गर्दा माहौल रमाइलो भएको थियो । प्रमुख अतिथि साहित्यकार युवराज नयाँ घरेले सिँगारुको आफ्नै मौलिकता भएको बताए  । 

रुकुमेली वाङमय अधिष्ठानले काठमाडौंले सिँगारु प्रकाशित गरेको हो । सिँगारुमा सिँगारु गीत र नाचको नालीबेलीका साथै भूमे पर्व, मगर खाम, भूमे पर्व, रुकेमेली भाषिकका विश्लेषण, जात्राहरु, सम्पदाहरू, रुकुमेली साहित्यको संक्षिप्त इतिहास शीर्षकहरू लेख रचना प्रकाशित छन् । सिँगारुमा थप लेख, कथा, कविता, संस्मरण, गीत, लघुकथा पनि प्रकाशित गरिएको छ । 

अधिष्ठानकी अध्यक्ष भपेन्द्रा मल्लले सिँगारु प्रकाशित झएसँगै रुकुमेली साहित्यको कोशेढुग हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा रुकुमका वर्तमान र पूर्व जनप्रतिनिधिहरूले रुकुमेली वाङमय अधिष्ठानको वार्षिकोत्सवका अवसरमा शुभकामना दिएका थिए । 

रुकुमेली वाङ्मय अधिष्ठानले मुख्यगरी समग्र रुकुमको भाषा, साहित्य, ललितकला, संस्कृति, दर्शन, नाट्य, समाजशास्त्र आदिलगायत वाङ्मयका प्रत्येक विषय र यिनका विभिन्न विधामा खोज, अध्ययन–अनुसन्धान गरी गराई प्रकाशमा ल्याउने,पुराना ज्ञानको खोजी, परिमार्जन, विस्तारका साथै नयाँ ज्ञानको पहिचान गर्ने, रुकुमका विभिन्न जाति जनजाति र समुदायका भाषा, लिपि, संस्कृति, श्रुति परम्परा, जीवनपद्धति र साहित्यको खोजी गरी प्रकाशमा ल्याउने, रूकुमेली वाङ्मयको उन्नयनमा सृजनात्मक समृद्धिका निम्ति अग्रणी भूमिका खेल्दै संरक्षण, संवर्धन र विकास गर्ने, रुकुममा लुकेर रहेका प्रतिभाहरू,  रुकुमका स्थानीय मेलाहरू, मठ, ऐतिहासिकताको खोजी गरी प्रकाश ल्याउने छन् । त्यस्तै  जिल्ला सांस्कृतिक परम्पराहरूको जगेर्ना गर्ने, रुकुमेली जनतालाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी बनाउने, अवसर जुटाउने र रुकुमको भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्नेलगायत छन् ।

pp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप