बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्दा नियन्त्रणमा लिइएकाहरु रिहा

शनिबार, २४ चैत २०८०, २१ : ४३
शनिबार, २४ चैत २०८०

काठमाडौँ । फोहोर फाल्न अवरोध गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका १३ जना रिहा भएका छन् ।  बञ्चरेडाँडामा फोहर विसर्जन गर्न अवरोध गरेपछि प्रहरीले उनीहरुलाई  पक्राउ गरेको र अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “आज बिहान फोहर बोकेर गएका टिपरलाई रोकपछि बञ्चरेडाँडाबाट उनीहरुलाई नियन्त्रणमा लिएको र अहिले सबैलाई छाडिएको छ ।”  काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी दिनभरि प्रहरी वृत्त बालाजुमा राखेको थियो ।

‘बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’ (नुवाकोट–धादिङ) ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको थियो ।

समितिले गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ११ बुँदे माग पेस गरेको थियो । ती माग सम्बोधन नगरिएको भन्दै समितिले आज बिहानैदेखि फोहर बिसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध  पारेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप