गाजामा बन्धक बनाइएका एक जनाको शव फेला

तेल अभिभ । इजरायली सेनाले गाजा पट्टीको खान युनिस सहरमा रातभरको कारबाहीपछि बन्धक बनाएर गाजा लगिएको एक व्यक्तिको शव फेला पारेको जनाएको छ। इलाद कात्जिर नामका व्यक्तिलाई गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलको किबुट्ज निर ओजबाट हमास लडाकुहरूले बन्धक बनाएर गाजा पट्टी लगेका थिए।
इजरायलको सेना (आईडीएफ) र इजरायल सेक्युरिटीज अथोरिटी (आईएसए) ले बरामद गरेको शव इजरायलमा फिर्ता ल्याइएको बताएको छ। स्वास्थ्यकर्मीले शव पहिचान गरी परिवारलाई खबर गरेका छन् ।
‘अपहरण गरिएका इलाद कात्जिरको शव रातारात खान युनिसबाट बरामद गरी इजरायली क्षेत्रमा ल्याइयो,’ आईडीएफ र आईएसएले एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेको छ। आतंकवादी संगठन इस्लामिक जिहादले बन्धक बनाएर उनको हत्या गरेको उनीहरूको दाबी छ ।
विज्ञप्तिमा ‘सही’ गुप्तचर सूचना प्रयोग गरेर उनको शव फेला परेको भनिएको छ । ४७ वर्षीय इलाद कात्जिरलाई उनकी ७७ वर्षीया आमा हन्नासँगै अपहरण गरिएको थियो । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो
-
सहसचिव सरुवा : तीन उपमहानगरका प्रमुख कार्यकारी अधिकृत तानियो, नयाँ पठाइएन
-
भारतीय ऊर्जामन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना
-
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दुवाल र चन्दलाई
-
इसेवाले ल्यायो १ लाख जित्न सकिने अफर
-
केएल राहुलले तोडे डेभिड वार्नरको कीर्तिमान