स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताएका छन् । परिवर्तन नेपाल अभियानले आज यहाँ आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले विसं २०७३ मा तयार पारिएको स्वास्थ्य बीमा कार्यक्रमको अवधारणा आम नागरिक र सरकारलाई बुझाउन नसकिएको बताएका हुन् ।
“स्वास्थ्य बीमाको कार्यक्रम सरकार र आम जनतालाई बुझाउन नसक्दा उपचारकै निमित्त आम नागरिक घरबारविहीन हुने अवस्था सिर्जना भएको छ, विदेशमा दुःख गरेर कमाएको रकम घरपरिवारको स्वास्थ्योपचारमा खर्च गर्नुपर्ने अवस्था आएको छ”, उनले भने ।
पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरे । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले स्वास्थ्य शिविर गाउँगाउँसम्म लैजान आवश्यक रहेको बताए । उनले जनतामा स्वास्थ्यसम्बन्धी चेतना फैलाउनु जरुरी रहेको उल्लेख गरे ।
परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले अभियानले विभिन्न सामाजिक क्षेत्रमा काम गरिरहेको उल्लेख गरे । सो अवसरमा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल, काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकाश सपुतको ‘वसन्त’ले कति पायो शो ?
-
कोशी पर्यटन वर्ष २०८२ : लक्ष्य १० करोड खर्च गर्ने, तयारी कस्तो ?
-
तीनकुने घटनाका दोषीमाथि कारवाही गर्न नेविसंघको माग
-
तीनकुने घटनाका दोषीमाथि कडा कारबाही गर्न अखिल (समाजवादी) को माग
-
फोहोर नगरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद
-
फोक्सोको डाक्टरले हड्डीको उपचार गर्न खोज्दा बिरामीको मृत्यु