बञ्चरेडाँडावासीको आन्दोलनलाई कांग्रेस नेता केसीको ऐक्यबद्धता

काठमाडौं । राजधानीको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल–बञ्चरेडाँडावासी आन्दोलित भएका छन् । काठमाडौँ महानगरपालिकासँग विभिन्न माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।
उनीहरु आन्दोलित भएकै बेला नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी शनिबार ऐक्यबद्धता जनाउन पुगेका छन् ।
शनिबार बञ्चरेडाँडा पुगेर सांसद केसीले उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।उनले ल्याण्डफिल साइटको विषय काठमाडौं र नुवाकोटको मात्र नभई राष्ट्रिय सरोकारको विषय भएकाले फोहोर व्यवस्थापनको विषयमा बञ्चरेडाँडामा भइरहेको विषयप्रति सबैले थाहा पाउनुपर्ने बताए।
‘फोहोर व्यवस्थापनको विषय नुवाकोट र काठमाडौंको मात्रै विषय होइन। राष्ट्रिय सरोकारको विषय हो। राष्ट्रिय सरोकार र हरेक नेपालीको चिन्ताको विषय हो। त्यस्तो विषयवस्तुमा पत्रकारलाई प्रवेश निषेध गर्ने जुन निरंकुशता सरकार र महानगरले लिएको त्यसलाई भर्त्सना गर्छु। निन्दा गर्छ,’ उनले भने।
बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति (नुवाकोट–धादिङ)ले शनिबार फोहर विसर्जनमा अवरोध गरेका थिए। उनीहरुले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गरेका छन् ।
फोहोर विसर्जनमा अवरोध गर्दा समितका संयोजक श्रीराम ढुंगानासहित १३ जनालाई प्रहरीले पक्राउ समेत गरेको बताइएके छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची