आगोले जलेर दुई जनाको मृत्यु, एकजना मृत फेला

काठमाडौँ । ललितपुर र सिन्धुपाल्चोक जिल्लामा आगोले जलेर दुईजनाको मृत्यु भएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका-२३ हात्तीवनस्थित सिक्मा मेटल इन्ट्रक्स सोफा कारखानामा विद्युत् सर्ट भई शनिबार बिहान आगलागी हुँदा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४६ वर्षीय पुरुषको सोही आगलागीमा जलेर मृत्यु भएको छ । साथै उक्त आगलागीबाट टहराभित्र रहेको सम्पूर्ण फर्निचरका सामानहरू जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पालधाप गाउँपालिका-८ बस्ने ६२ वर्षीया योग कुमारी धितालको आगोले जलेर मृत्यु भएको छ । शुक्रबार बिहान चुलोमा बालेको आगो धोतीमा सल्कीएर शरिर जलि गम्भीर घाइते भएकी उनको शनिबार बिहान शुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता रोल्पाको परिवर्तन गाउँपालिका-३ चर्चु आले बस्ने ८४ वर्षीया लालसरी डाँगी सोही गाउँपालिका-४ मंगेखोला नजिक खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म