इलाम-२ मा निर्वाचन जित्छौँ, एकताबद्ध भएर लागौँ : महत
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाममा हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । पार्टीको काठमाडौँ क्षेत्र नम्बर २ ले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सिङ्गो पार्टी पङ्क्ति एकीकृत भएर लाग्ने हो भने विगतमा ११४ मतले हारेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा आफ्नो पार्टीले जित्न सक्ने जिकिर गरेका हुन् ।
प्रवक्ता महतले पार्टीको जिल्ला सभापति समेत रहेका डम्बर खड्कालाई पार्टीले जित्ने भएकाले उम्मेदवार दिएको पनि बताए । उनले बझाङको प्रदेश १ को उपनिर्वाचनमा पनि काँग्रेसले जित हासिल गर्न सकिने भएकाले एकताबद्ध भएर प्रचार अभियानमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।
प्रवक्ता महतले भने, ‘अहिले हामी दुई वटा उपनिर्वाचनमा जाँदैछौँ । इलाम जिल्लामा संघीय संसद्को निर्वाचनमा त्यहाँ खाली भएको ठाउँमा निर्वाचनमा जाँदैछौँ । त्यहाँ यो भन्दा अगाडिको आम निर्वाचनमा पनि अत्यन्तै झिनो मत ११४ मतले मात्रै हारेको हो । डम्बर खड्का, जिल्लाको पार्टी सभापति र तुलनात्मक रूपमा युवा उम्मेदवार हामीले दिएका छौँ । हाम्रो पार्टी एकीकृत भएर त्यहाँ भिड्ने हो भने हामी निर्वाचन जित्छौँ । त्यस्तै बझाङमा पनि त्यो सम्भव छ ।’
प्रवक्ता महतले पार्टीले जनताको पक्षमा गरेका कामको प्रचारमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । तिल जति काम नगरेकाले पहाड जत्रो प्रचार गरेर हिँड्ने गरेको भन्दै उनले पार्टी कामको प्रचारमा गर्नुपर्ने विषयमा नेपाली काँग्रेस गम्भीर भएर लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने
-
नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिन्छ : सभापति देउवा
-
विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला