राष्ट्रिय सुरक्षा गम्भीर सङ्कटमा : अग्नि सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले बन्द पर्खालको विमोचन गर्दै नेपालमा समाजवाद स्थापनाको अभियानलाई अगाडि बढाउन वैचारिक, राजनीतिक, सांगठनिक तथा सांस्कृतिक पुनर्गठन जरुरी भएको बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्री तथा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तिलक शर्मा ‘हिमाल’द्वारा लिखित ‘बन्द पर्खाल’ संस्मरण कृति शनिबार विमोचन गर्दै सापकोटाले मुलुकले कृषि क्रान्ति, औधोगिकी क्रान्ति, सूचना प्रविधिको क्रान्तिलाई अगाडि बढाउँदै राष्ट्रिय सुरक्षाको नयाँ चुनौतीको सामना गर्नुपर्ने टड्कारो आवश्यकता रहेको औँल्याए । नेपाल राष्ट्रिय सुरक्षाको गम्भीर समस्याबाट अगाडि बढेको बताएका हुन् । उनले लेखक तिलक शर्माको कृतिले विचारधाराबाट लैस एउटा क्रान्तिकारीले जेलको मोर्चामा कसरी संघर्ष गर्दछ भन्ने यथार्थ बुझ्न सघाउ पुर्याएको पनि समीक्षा गरे ।
कृतिमाथि बोल्दै नेकपाका स्थायी समिति सदस्य तथा संस्कृतिकर्मी अनिल शर्माले बन्द पर्खालले जनयुद्धको गौरवशाली इतिहासलाई चित्रण गरेको बताउँदै जनयुद्धको विद्रुपीकरण विरुद्धको नयाँ कृति भएको दाबी गरे ।
त्यस्तै कृतिमाथि समीक्षा गर्दै वरिष्ठ मार्क्सवादी समालोचक ईश्वरचन्द्र ज्ञवालीले बन्द पर्खालले पश्चिम नेपालको वर्गसंघर्षमा क्रान्तिकारी जेल मोर्चाभित्र योद्धाहरूले कसरी यातनाको दस्ताबेजमा हस्ताक्षर गरेका थिए, त्यसको जीवन्त दस्ताबेजीकरण गरिएको बताए ।
समीक्षक वालकृष्ण अधिकारीले यो कृतिले वैचारिक संस्मरण भएको बताए । त्यस्तै समीक्षक अनुपमा रेग्मीले यो कृतिले जनयुद्धलाई नभोगेको, नदेखेकोको पुस्ताका लागि महत्त्वपूर्ण सन्दर्भ सामाग्री बनेको बताए ।
बन्द पर्खालका लेखक जनयुद्धको ऐतिहासिक प्रक्रियामा जुम्ला, कालिकोटको वर्गसंघर्षको नेतृत्व गर्दागर्दै गिरफ्तार भई धनगढी कारागारमा आस्थाका वन्दी रहेका थिए भने जनमुक्ति सेनाले धनगढी कारागार कब्जा गरी उहाँलाई मुक्त बनाएको थियो । त्यही जेल जीवनको अनुभूतिलाई नै लेखकले कृतिका रूपमा ल्याएका हुन् ।
आयोजक भुँडीपुराण प्रकाशनका अध्यक्ष केशवराज पराजुलीले यो पुस्तकले माओवादी जनयुद्धको इतिहासलाई लिपिबद्ध गरेको बताए । साथै उनले पुस्तक प्रकाशकहरूलाई प्रोत्साहन गर्नुको सट्टा नीतिगतरुपमै सरकारले दुःख दिने कार्य गरेको भन्दै रोष पनि व्यक्त गरे । सार्वजनिकीकरण समारोहमाको सञ्चालन साहित्यकार तथा नाटककार खेम थपलिया, स्वागत गेहेन्द्र ढकाल र केशवराज पराजुलीले सभापतित्व गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह