इलाम–२ उपनिर्वाचन : नेम्वाङ र खड्काको चुनाव जित्ने दाबी

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । शनिवार दिउँसो उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको बताए । उनले नयाँ ढङ्गले प्रचारप्रसार गर्ने समेत बताए । नेम्वाङले बिना गाली गलौज र टीकाटिप्पणी बिना प्रचारप्रसार गर्ने समेत बताए । उनले पिता स्व. सुवासचन्द्र नेम्वाङले गरेका कामहरूको पदचाप पछ्याउँदै झनै राम्रो गर्ने प्रतिबद्धता जनाए ।
उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आफूले इलाममा गरेको सामाजिक कार्यहरू हेरेर भोट दिन आग्रह गरे । उनले आफूले नेपाली कांग्रेसमा २०३९ सालदेखि काम गरिरहेकाले पनि भोट दिएर जिताउन सबैलाई आग्रह गरे । खड्काले गठबन्धन ठुलो कुरा नभएको बताउँदै आफूलाई जनताले निर्वाचित गर्नेमा विश्वस्त रहेको समेत बताए ।
इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोराको फिल्म नचलेपछि दुःखी छन् आमिर
-
अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्मा पेस
-
सशस्त्रलाई तीन वटा कामको जिम्मा दिनुपर्छ : पन्त
-
नेपाल र चीनबिचको व्यापार र पारवहन क्षेत्रलाई थप सुदृढ बनाइने
-
६ करोड २७ लाख लागतमा कोहलपुरमा प्रहरीको पेट्रोल पम्प निर्माण
-
जर्मनीमा कन्जर्भेटिभ पार्टीको जितसँगै सुरु भयो नयाँ सरकारको होमवर्क