उपनिर्वाचन
बझाङ प्रदेश सभा-१ मा कांग्रेसका अभिषेक सिंहसहित ६ जनाको उम्मेदवारी दर्ता
शनिबार, २४ चैत २०८०, १५ : ०४

बझाङ । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । दिउँसो ३ बजेसम्म नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंहको उम्मेदवारी दर्ता भएको हो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट दिल सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापाको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले रातोपाटीलाई जानकारी दिएका छन् । अन्य केही उम्मेदवारहरू मनोनयन दर्ताको क्रममा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शन गर्न पाउने स्वाभाविक अधिकार खुम्च्याउन खोजियो : लिङ्देन
-
राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ
-
पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न रास्वपाको माग
-
राप्रपाद्वारा सिंहदबारभित्रै सांकेतिक प्रदर्शन
-
डेब्यू खेलपछि चर्चामा ‘कान्छो’ वैभव
-
अस्ट्रेलियाको तटमा ठूला छालमा डुबेर ६ जनाको मृत्यु