काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको हो ।
झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।
महतो नेतृत्वको अभियानले नेवा: लगायत नेपालका राज्यविहीन राष्ट्रहरूमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपा: मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्न भन्दै वसन्तपुरमा भेला भई तिं ख्यः(खुल्ला मञ्च)जाने कार्यक्रम तय भएको विज्ञप्ति मार्फत जानकारी दिएको थियो ।
प्रतिक्रिया