रुसी एयरबेसमा आक्रमणको दोस्रो दिन युक्रेनी सहरमा रुसी ड्रोन आक्रमण

खार्किभ । युक्रेनको खार्किभ सहरमा रुसी ड्रोन आक्रमणमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । मेयर इहोर तेरेखोभका अनुसार इरानमा निर्मित शाहिद ड्रोनले शनिबार बिहान केही अपार्टमेन्ट ब्लकहरूसहित धेरै भवनहरूमा प्रहार गरिएको थियो।
खार्किभ रुसी सिमानाको सबैभन्दा नजिकको युक्रेनी सहर हो। पछिल्लो समय रुसले आफ्नो आक्रमणलाई तीव्र बनाएको छ । युक्रेनी अधिकारीहरूले भविष्यमा यो सहरमा रुसले आक्रमण गर्न सक्ने बताएका छन् ।
मेयर तेरेखोभले टेलिग्राम मेसेजिङ एपमा हमलामा कम्तीमा १० जना घाइते भएको बताए । केही अपार्टमेन्ट ब्लक, पेट्रोल स्टेशन र प्रशासनिक भवन र कारमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
शुक्रबार युक्रेनले ६ रुसी विमान नष्ट गरेको दाबी गरेको छ । युक्रेनी रक्षा स्रोतहरूले बीबीसी युक्रेनीलाई रोस्तोभ क्षेत्रमा आक्रमणमा अन्य आठ विमानहरू नराम्ररी क्षतिग्रस्त भएको जानकारी दिएको छ।
यस आक्रमणमा २० सैनिकको मृत्यु भएको अनुमान गरिएको छ । रिपोर्टका अनुसार मोरोजोभस्क एयरबेसमा युक्रेनको युद्धमा प्रयोग गरिएका सुखोई-२७ र सुखोई-३४ विमानहरू छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ ः अध्यक्ष लिङ्देन
-
उपयुक्त समयमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली
-
गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी साधुको भेषमा भेटिए, १७ वर्षपछि पक्राउ
-
बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङदेनको चेतावनी
-
बार निर्वाचन : श्रेष्ठ भन्दा मिश्र करिब दोब्बर मतले अगाडि, महासचिवमा केदारप्रसादलाई पछ्याउँदै यज्ञमणि
-
कर्णालीका मुख्यमन्त्री भन्छन्ः जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?