उपनिर्वाचन
बझाङ प्रदेशसभा उपनिर्वाचन सुरक्षाका लागि १२ सय प्रहरी परिचालन
शनिबार, २४ चैत २०८०, १३ : २६

काठमाडौँ । आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनका लागि १२ सय सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी प्रहरी परिचालन गरिएको रातोपाटीलाई जानकारी दिए ।
निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकोले दुई सङ्गठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले जानकारी दिए ।
निर्वाचन क्षेत्रभित्र रहेको मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । उपनिर्वाचनका लागि आज बझाङ प्रदेशसभा १ मा उम्मेदवारको मनोनयन दर्ताको काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू