अघिल्लो सरकार राष्ट्रका लागि बोझ थियो : विष्णु रिमाल
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अघिल्लो सरकार राष्ट्रको लागि बोझ भएको बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा उनले विगतको सरकार रहनु भनेको बरबादीतर्फ जानु हो भन्ने निष्कर्षमा पुगेर सरकार परिवर्तन गरेको बताए ।
उनले भने, ‘अघिल्लो सरकार किन लडाको र यो सरकारले के गर्ला भन्ने सन्दर्भमा एउटै मात्र कुरा के हो भने अघिल्लो सरकार राष्ट्रलाई बोझ भएको थियो । किनभने त्यसले केही पनि काम गर्दैन थियो । एउटा मोटो शरीर छ । खान्छ र बस्छ को अवस्थामा थियो । गोठमा बाधेको गाई भैँसीजस्तै खाने र गोबर गर्ने बाहेक केही काम गर्दैन । अघिल्लो सरकारको हालत त्यस्तो थियो । त्यो सरकार रहनु भनेको बरबाद कै कुरा हो भन्ने निष्कर्षमा हामी पुग्यौँ र परिवर्तनको पहल गर्यो।’
विगतको सरकार चोरेर लाइसेन्स लिएको अथवा लाइसेन्स नै नभएको मान्छेले चलाएको भन्दै हरेक क्षण दुर्घटना हुने खतरामा देश भएको हुनाले पनि सरकार परिवर्तनको अभियानमा लागेको उनले बताए ।
सिन्डिकेट खडा गरेर अल्पकालीन नाफाको लागि जान नसकिने भन्दै नयाँ सहकार्यलाई गठबन्धनको नाम नदिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल