यो साता सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो सातामा सुनको मूल्य ह्वात्तै बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३० हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २९ हजार ४०० रुपैयाँ थियो । यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३२ हजार ७०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३२ हजार ५० रुपैयाँ छ ।
यो साता नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो । साताको विहीबार सुनको मूल्य तोलामा १ लाख ३४ हजार रुपैयाँसम्म पुगेको थियो । यो अहिलेसम्मकै सबैभन्दा उच्च हो । यसअघि यो मूल्यमा सुनको कारोबार भएको थिएन ।
यस्तै यो साता चाँदीको मूल्यमा समेत ह्वात्तै वृद्धि आएको छ । गत साताको शुक्रबारको तुलनामा यो साता ९० रुपैयाँले चाँदीको मूल्य बढेको महासंघले जनाएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १५ सय २५ रुपैयाँ थियो । यो साताको शुक्रबार १६ सय १५ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !
-
सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच विवाद
-
बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएको छ : अर्थमन्त्री
-
नयाँ वर्षमा द क्लिफमा गायिका रचनाको प्रस्तुति
-
फ्रान्सले जुनमा प्यालेष्टाइनलाई राज्यको मान्यता दिन सक्ने