भीमा कोरेगाँव प्रकरण : ६ वर्ष जेलमा बसेपछि प्राध्यापक शोमाले पाइन् जमानत
नयाँ दिल्ली । भीमा कोरेगाँव-एल्गार परिषद् मुद्दामा ६ वर्ष जेलमा रहेकी शोमा कान्ति सेनले शुक्रबार सर्वोच्च अदालतबाट जमानत पाएकी छन्। जमानत दिने क्रममा अदालतले विशेष अदालतलाई जानकारी नदिई महाराष्ट्रबाट बाहिर जान नपाइने शर्त राखेको छ ।
६ जुन, २०१८ मा सेनलाई माओवादीसँग सम्बन्ध रहेको आरोपमा पुणे पुलिसले गिरफ्तार गरेको थियो। सोही दिन रोना विल्सनलाई दिल्लीबाट, सुधीर धवलेलाई मुम्बईबाट, वकिल सुरेन्द्र गडलिङ र महेश राउतलाई नागपुरबाट पक्राउ गरिएको थियो ।
शोमा सेन अंग्रेजीकी प्राध्यापक हुन् । पक्राउ पर्दा उनी नागपुरको आरटीएम युनिभर्सिटीमा अङ्ग्रेजी विभागकी प्रमुख थिइन् ।
उनले महिला, आदिवासी र दलितको अधिकारका विषयमा लेख्दै आइरहेकी छिन् । उनका लेखहरू प्रतिष्ठित पत्रपत्रिका र पत्रिकाहरूमा प्रकाशित भएका छन् । उनी ‘कमिटी फर द प्रोटेक्शन अफ डेमोक्रेटिक राइट्स’की सदस्य हुन् । उनी मानवअधिकारको क्षेत्रमा काम गर्ने धेरै संस्थासँग आबद्ध छिन् । उनले ‘यातना पीडित’ महिला राजनीतिक बन्दीहरूको मुद्दा उठाउँदै उनीहरूलाई कानुनी सहायता उपलब्ध गराएकी छन्।
यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । कतिपय धरौटीमा परेका छन् तर अधिकांश अझै जेलमै छन् । एक अभियुक्त - स्टेन स्वामीको मृत्यु भइसकेकोछ ।
यस मामिलामा आरोपी विरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको थियो। यूएपीएजस्ता कडा कानुन अन्तर्गत आरोपहरू लगाइएको छ। यस मुद्दामा सुधीर ढवले, रोना विल्सन, हनी बाबु, सुरेन्द्र गडलिङ, रमेश गाईचोर, सागर गोर्खे र ज्योति जगताप अझै जेलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक
-
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
-
शिल्पा शेट्टी-राज कुन्द्राको घरमा ईडीको छापा, पोर्नोग्राफीसँग सम्बन्धित मुद्दा