सनी लियोनीले हिमेश रेशमियासँग रोमान्स गर्ने
शनिबार, २४ चैत २०८०, १० : ०५

नयाँ दिल्ली । अभिनेत्री सन्नी लियोनीको हातमा यति बेला नयाँ फिल्म छ । प्रभु देवाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सनी लियोनी महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् । फिल्ममा उनी हिमेश रेशमियासँग रोमान्स गर्नेछिन् ।
सन्नी लियोनीको यो नयाँ फिल्मको सुटिङ विदेशमा हुनेछ । यसका लागि अभिनेत्री मस्कट पुगिसकेको बताइएको छ । सन्नीको प्रभुदेवासँगको दोस्रो प्रोजेक्ट हो । अभिनेत्रीले यसअघि फिल्म ‘पेट्टा र्याप’को गीतमा प्रभुसँग काम गरिसकेकी छिन् । नयाँ फिल्मको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
सन्नी लियोनी र हिमेश रेशमियाले सँगै काम गर्न थालेको यो पहिलो पटक हो । हाल अभिनेत्री चर्चित डेटिङ शो ‘स्प्लिट्सभिला’को १५ औँ सिजन होस्ट गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : अध्यक्ष नेपाल
-
वीरगञ्ज गोल्डकप फुटबल शनिबारदेखि
-
तिलाठी जनतासामु प्रचण्डका तीन प्रतिबद्धता
-
पूर्व–पश्चिम राजमार्गमा धराप बने कयौँ पुल
-
सिन्धुपाल्चोक भूकम्प : क्षति विवरणसहित जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति
-
गोर्खाली रग्बी सेभेन्स पुरूष राष्ट्रिय रग्बी आजदेखि