म श्वेत पन्ना हुँ !

तिमीलाई चाहेको चित्र कोर्न सक्छौ,
तिम्रा बलवान् हातहरूले सजिलै
कच्याक कुचुक पार्न सक्छौ,
जीवन देखि हारेका बखत तिक्तता
पोख्न सक्छौ,
जितको उत्सवमा चङ्गा बनाई उडाउन सक्छौ।।
थाहा छ तर तिम्रो हात र मेरो श्वेत पन्ना बिच
पनि एउटा सीमा रेखा छ,
तिम्रा पैसाले किनेर तिमिले मलाई जन्माइ
आफ्नो बनायौ भन्दैमा तिमिले सकुन्जेल
प्रहार गर्न सक्दैनौ !!
मलाई जित्नु छ भने कलम बनेर आऊ,
अनि मसीले प्रेमको भाषा कोर,
अनि निर्धक्क भई आफ्ना भावना राख्न सक्छौ,
अन्यथा,
तिमिले आफ्नो बनाएर पोखेका
अभिसापहरू को समग्र हिसाब हुनेछ,
किनकि तिम्रो सामीप्यमा आउँदैमा तिमिले
मेरो अस्तित्व बनाएको हुँदैन ,
निर्माण कर्ता ईश्वरको समेत साथी बन्नु छ
भने प्रण गर कि मलाई प्रेमको भाषा व्यक्त
गरेर अपनाउने !!
हो म श्याम श्वेत पन्ना हुँ,
यसमा सजिलै लेखिन्छन्,
जीवनका घाउहरू,
यसमा सजिलै देखिन्छन् इन्द्रेणी रङहरू,
यसमा जीवन्त बन्छन् इतिहासहरू,
यसले गन्तव्य दिन्छन् सद्भावका युक्तिहरू,
तै पनि खराब आकृति कोर्ने चेष्टा राख्यौ भने
छर्लङ्ग हुन्छन् तिम्रा दुष्ट मनोभावहरू ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदीपको न्यायको लागि आज पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै
-
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन