सुनसरीको कर्फ्यु हटाउन बोलाइयो सर्वदलीय बैठक

सुनसरी । सुनसरीको भुटाहामा दुई पक्षबिचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यु हटाउनेबारे निर्णय लिन आज सर्वदलीय बैठक बस्दै छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु हटाउनेबारे निर्णय लिन आज बिहान साढे १० बजे बस्ने गरी सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएको सहायक प्रमुख जिल्ला अधिकारी वेद राज फुयाँलले जानकारी दिए ।‘हामीले साढे दश बजेका लागि सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएका छौँ । बैठकपछि कर्फ्यु हटाउनेबारे उपयुक्त निर्णय लिइने छ’फुयाँलले भने ।
शुक्रबार दिउँसो इनरुवा नगरपालिका, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिका क्षेत्रमा कर्फ्यु लगाएको स्थानीय प्रशासनले अपराह्न ५ बजेदेखि ती स्थानीय तहमा कर्फ्यु अनिश्चितकालीन लगाएको हो ।
फुयालकाअनुसार अहिले त्यहाँको अवस्था सामान्य रहेको छ । बिहीबार माध्यमिक शिक्षा परीक्षाको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवकलाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबिच विवाद बढेको थियो ।
शुक्रबार दिनभर तनावग्रस्त बनेको सुनसरीमा अवस्था नियन्त्रणमा लिन प्रहरीले ३१ राउन्ड हवाई फायर गरेको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी तथा प्रदर्शनकारीतर्फका १० जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य