आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

आईपीएलमा आज : अपराजित राजस्थानलाई सङ्घर्षरत बैंग्लुरुको चुनौती

शनिबार, २४ चैत २०८०, ०६ : ५६
शनिबार, २४ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको १९औं खेल आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच हुँदैछ । खेल जयपुरको सवाई मानसिंह स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । 

गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली ५९ रनमा अलआउट भएको थियो । यस सिजन भने राजस्थानले तीनवटै खेल जितेको छ । अर्कोतर्फ, बैंग्लुरुले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ ।

rr

  • हेड टु हेडमा बैंग्लुरु अगाडि

आईपीएलमा राजस्थान र बैंग्लुरुबिच ३० खेल खेलिएका छन् । राजस्थान १२ मा र बैंग्लुरु १५ खेलमा विजयी भएको छ । यी दुईबिचको ३ खेलको कुनै नतिजा निस्कन सकेन । दुई टोलीबिच जयपुरमा ८ खेल भएका छन् जसमा दुवैले ४–४ ले जितेका थिए ।

गत वर्ष लिग चरणको ५९ औँ खेल यी दुईबिच जयपुरमा भएको थियो । पहिले ब्याटिङ गरेको बैंग्लुरुले २० ओभरमा १ सय ७१ रन बनाएको थियो । राजस्थानको टोली ५९ रनमा नै अलआउट भयो ।

  • पराग दोस्रो सर्वाधिक रन बनाउने खेलाडी

राजस्थानले लखनउ सुपर जाइन्ट्सलाई पराजित गर्दै सिजनको सुरुवात गरेको थियो । दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको थियो भने तेस्रो खेलमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६ विकेटले हरायो ।

riyan-parag-finished-with-an-unbeaten-54

मध्यक्रमका ब्याट्सम्यान रियान पराग यस सिजन टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी तथा लिगको दोस्रो सर्वाधिक स्कोरर हुन् । उनीभन्दा अगाडि विराट कोहली छन् । परागले ३ खेलमा १८१ रन बनाएका छन् । जसमा दुई अर्धशतक पनि सामेल छन् । 

दिल्लीविरुद्ध ८४ रनको अविजित इनिङका लागि उनी प्लेयर अफ द म्याच पनि घोषित भए। टोलीका लागि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक ६ विकेट लिएका छन् ।

  • कोहली सिजनको सर्वाधिक स्कोरर

यस सिजन बैंग्लुरुको खराब फर्म जारी छ। टोलीले चारमध्ये एक खेल मात्र जित्न सकेको छ । टोली पहिलो खेलमा चेन्नईसँग पराजित भएको थियो । दोस्रो खेलमा बैंग्लुरुले पञ्जाबलाई पराजित गरेको थियो । टोलीले तेस्रो खेलमा कोलकाता र चौथो खेलमा लखनउसँग हार बेहोरेको थियो ।

स्टार ब्याट्सम्यान विराट कोहली यो सिजन सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले ४ खेलमा २०३ रन बनाएका छन् । बलिङमा ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् । उनले चार खेलमा चार विकेट लिएका छन् ।

  • पिच रिपोर्ट

जयपुरको सवाई मानसिंह स्टेडियमको पिच सामान्यतया ब्याट्सम्यान र बलर दुवैका लागि सहयोगी साबित हुन्छ। खेलको प्रारम्भिक ओभरमा फास्ट बलरहरूले सहयोग पाउने अपेक्षा गरिएको छ।

यस स्टेडियममा अहिलेसम्म ५४ आईपीएल खेल भइसकेका छन् । पहिले ब्याटिङ गर्ने टोलीले २० खेल जितेका छन् भने पछि ब्याटिङ गर्ने टोलीले ३४ खेल जितेका छन्।

  • मौसमको अवस्था

खेलको दिन जयपुरमा मौसम निकै तातो हुनेछ। शनिबार यहाँको तापक्रम २३ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहनेछ। वर्षाको सम्भावना छैन। हावाको गति ९ किलोमिटर प्रतिघण्टा रहनेछ ।

rcb

दुबै टोलीको सम्भावित प्लेइङ-११

राजस्थान रोयल्स : सञ्जु सैमसन (विकेटकिपर र कप्तान), यशस्वी जैसवाल, जोस बटलर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, नान्द्रे बर्गर र आवेश खान।

इम्प्याक्ट प्लेयर : शुभम दुबे, सन्दीप शर्मा।

रोयल च्यालेन्जर्स बैंग्लुरु : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटीदार, ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), अनुज रावत, रीस टोपले, मयंक डागर, यश दयाल र मोहम्मद सिराज।

इम्प्याक्ट प्लेयर : महिपाल लोमर।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप