पूर्वप्रेमीसँग साथी बन्नुमा केही गलत छैन : सुष्मिता सेन
![पूर्वप्रेमीसँग साथी बन्नुमा केही गलत छैन : सुष्मिता सेन](https://npcdn.ratopati.com/media/news/rohman-shawl-and-sushmita-sen_K6G0leGH8M.jpg)
मुम्बई । अभिनेत्री सुस्मिता सेनले एक अन्तर्वार्तामा आफ्नो पूर्वप्रेमीसँग मित्रतामा कुनै समस्या नभएको बताएकी छन् । धेरै व्यक्तिहरू आफ्नो पूर्वप्रेमीसँग मित्रता पछि सम्बन्धको सीमा बिर्सन्छन् । यो नयाँ सम्बन्धलाई कुन हदसम्म विस्तार गर्न सकिन्छ भन्ने उनीहरुले बुझेका हुँदैनन् । तर सुस्मिता भन्छिन्, ‘यो सम्भव छ, म आफैँ यसको उदाहरण हुँ। म भाग्यमानी छु, किनकि मेरो जीवनमा पनि यस्तै भइरहेको छ ।’
विवाहको बारेमा कुरा गर्दै सुस्मिताले भनिन्, ‘आमाबुवा र समाजको दबाबले तपाईंलाईं विवाहको लागि तयार गर्न सक्दैन। तर सही मान्छे भेटेमा पक्कै बिहे गर्छु ।’
सुस्मिताले आफ्नो जीवन खुला किताब जस्तै भएको बताइन् । आफ्नो जीवन इमान्दार र निडर भएर बिताएको उनको भनाई छ । अभिनेत्रीले भनिन्, ‘जीवनका अन्य धेरै पक्षमा पनि तपाईंको इज्जत देखिन्छ । यो कुनै एक पक्षमा सीमित छैन। तपाईंले जुन निर्णय लिनुहुन्छ, त्यसले तपाईंलाई दुख्छ भने पनि यसले केही फरक पर्दैन । किनकी यो तपाईंको जीवनमा तपाईंलाई केही सिकाउनको लागि मात्र हुन्छ। त्यसबाट केही सिक्नुपर्छ र अगाडि बढ्नुपर्छ ।’ उनले एक व्यक्तिलाई यति धेरै समय दिएर त्यसलाई गल्ती मान्नु ठीक नभएको पनि बताइन् ।
धेरै वर्ष डेटिङ गरेपछि सुस्मिता र रोहमन अलग भएका थिए । उनीहरु अलग हुनुको कारण थियो ललित मोदी । सुस्मिताले केही समय लोलित मोदीलाई डेट गरेकी थिइन् । यही कारणले जोडी छुट्टिए । तर, केही समयअघि रोहमन र सुस्मिता धेरै पार्टीमा सँगै देखिएका थिए ।
सुस्मिताको नाम अहिलेसम्म धेरै जनासँग जोडिएको छ । रोहमनबाहेक उनको नाम विक्रम भट्ट, रणदीप हुड्डा, वसीम अक्रम, सञ्जय नारंग, बंटी सजदेह जस्ता धेरै व्यक्तिसँग जोडिएको छ।
सुस्मिता सेन सन् १९९४ मा मिस युनिभर्स चुनिएकी थिइन् । उनले सन् १९९६ मा दस्तक फिल्मबाट बलिउडमा डेब्यू गरेका थिए ।
उनले बीवी नम्बर १, डो नट डिस्टर्ब, मै हुँ ना, मैने प्यार क्यूं किया र तुमको ना भूल पायेंगे र नो प्रॉब्लम जस्ता फिल्ममा काम गरिसकेका छन् । सुस्मिता सेन पछिल्लो पटक वेब सिरिज आर्य–३ मा देखिएकी थिइन् । सुस्मिता सेन दुई छोरी एलिसा र रेनीकी एकल आमा हुन् । सेनले सन् २००० मा रेनीलाई धर्मपुत्र लिएकी थिइन् भने एलिसा सन् २०१० मा सुस्मिताको घरमा आइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म
-
माधवनारायणका व्रतालु चाँगुनारायणबाट फर्किए साँखु
-
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
-
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
-
कर्णाली नदीबाट तीन जनाको उद्धार