राजेश हमालको टेलिभिजन कार्यक्रम वैशाख १ बाट

काठमाडौँ । अभिनेता राजेश हमालले सञ्चालन गर्ने टेलिभिजन शो ‘सफलताको कथा’ नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रसारणमा आउने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा शो नेपाल टेलिभिजनमा साँझ ७ बजे र डिजिटल ओएसआर रियालिटी मार्फत पनि आउने जानकारी दिइयो ।
समृद्धि इन्टरटेन्टमेन्टले निर्माण गरेको कार्यक्रम हाल १९ भागसम्म तयार छ । एकसाथ भागसम्मको निर्माण गर्ने लक्ष्य रहेको कार्यक्रमका निर्माता तथा निर्देशक सुमन अधिकारीले बताए ।
कर्मठ हातको कथा, रगत पसिनाको कथा कार्यक्रम ‘सफलताको कथा’ को १८ भाग अमेरिकामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्व र क्यानडामा रहेका एक व्यक्तित्वको गरी १९ भाग तयार गरिएको हो ।
कार्यक्रममा बोल्दै महानायक हमालले विदेशमा रहेर धेरै चुनौती सहेर सङ्घर्षको बाबजुत पनि सफलता हासिल गर्नुभएका व्यक्तिहरूको मिहिनेत र सफलताको कथा कार्यक्रममा प्रस्तुत हुने बताए । बिदेसिएका नेपालीको कथा सबैको लागि प्रेरणा हुने हमालको धारणा छ ।
कलाकार मदनकृष्ण श्रेष्ठले विदेशमा गएर सफल भएको धेरै देखेको तर सङ्घर्ष थाहा नभएकोले कार्यक्रमले महत्त्वपूर्ण देखाउन लागेको धारणा राखे ।
कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, गोरेटो कन्सल्टेन्सीका निर्देशक धिरज कँडेल, कलाकार जितु नेपाल लगायतले कार्यक्रमको महत्वको चर्चा गरेका थिए ।
कार्यक्रम निर्माणका लागि गोरेटो कन्सल्टेन्सी र ट्रेक मि नेपालले विशेष सहयोग गरेको छ । कार्यक्रमको प्रोमो बिहिबार सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म