आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कृषि उद्यम केन्द्र र भारतको कृषि बजार बोर्डबिच व्यावसायिक सम्झौता

शुक्रबार, २३ चैत २०८०, २२ : ३०
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र भारतको ‘नेशनल काउन्सिल अफ स्टेट एग्रिकल्चर मार्केटिङ बोर्ड’ बिच व्यावसायिक सम्झौता भएको छ । कृषि क्षेत्रमा सहयोग, प्रवर्द्धन, आर्थिक विकास, नेपाल–भारतबिचको व्यापारिक सम्बन्धलाई सुमधुर र सहज बनाउने उद्देश्यले यी दुई संस्थाबिच शुक्रबार सम्झौता भएको हो । 

दुबै देशका उद्यमी, कृषक र व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने कार्यमा एक आपसमा सहयोग आदान प्रदानका साथै असल कृषि कार्य, प्राविधिक सहयोग, अध्ययन अनुसन्धान, अवलोकन भ्रमण, अनुभव आदान प्रदान, बजार, बजारीकरण र आयात निर्यात आदिमा सहयोग गर्ने उद्देश्यले सम्झौता भएको कृषि उद्यम केन्द्रले जनाएको छ ।

कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले यो सम्झौताले नेपालले भारतको कृषि बजारको अध्ययन अवलोकन, उद्यमी, कृषक र कृषि सम्बद्ध व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरेर अनुभवको आदान प्रदान गर्न सहयोग पुग्ने बताए । 

उनले यो सम्झौता नेपालको कृषि क्षेत्रको विकास र विस्तारका लागि कोशेढुङ्गा साबित हुने भएकोले कृषि उद्यम केन्द्र सम्झौताको मर्म अनुसार कार्य योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । 

सम्झौता पत्रमा केन्द्रका सभापति डिबी बस्नेत र बोर्डका प्रबन्धक निर्देशक डाक्टर ए.एस. यादवले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नेपाल सरकारका विशिष्ट कर्मचारीहरू, नेशनल सीड एण्ड फट्रिलाइजर प्रोजेक्टका प्रोजेक्ट लिडर डाक्टर दैतीमान चौधरी, कृषि उद्यम केन्द्रका बोर्ड सदस्यहरू झलकलाल श्रेष्ठ, सुनिता न्येम्हाफुकी, कृष्णभक्त श्रेष्ठ र का.वा. प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रकुमार जोशीको समेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप