भूकम्पको इपिसेन्टर बारपाकमा बन्न थाले करोडसम्मको लगानीका घर (भिडियो)
गोरखा–भूकम्पको इपिसेन्टर गोरखाकाे बारपाकका दुर्गाबहादुर घलेको परिवार भूकम्प गएको २६ महिना पछि पनि अस्थायी सानो घरमा बसिरहेकाे छ । भूकम्पले घर भत्काएको ठाँउ सडकको छेउमा थियो । बाटो बिस्तारका क्रममा पहिलेको घरको केही भाग अहिले बाटो बनेको छ ।
भूकम्प प्रभावितलाई सरकारले वितरण गरेको ५० हजार रुपैँया पहिलो किस्ताको अनुदान उनले पनि लिइसकेका छन् । तर उनले अझै घर बनाउने सुरसार भने गरेका छैनन् । उनले भने–‘सरकारी इन्जिनियरले भनेजस्तो घर बनाउन ५० हजारले पुग्दैन । अब अलि केही समय पर्खने ।’
इन्जिनियरले भने जसरी घर बनाउँदा पनि छिमेकमा धेरैको घरको मापदण्ड नपुगेको उनले बताए । ‘सरकारले भनेजस्तो घर हुँदैन, नभए हामी हाम्रो आइडिया अनुसार घर बनाँउछौं, फेरी भूकम्प आँउछ आफ्नो सुरक्षा हुने घर बनाउनुपर्छ भन्छन्, आफ्नो धन छैन् । भगवानको कृपा हो भूकम्प आउने नआउने, अब राम्रै घर बनाउने ।’
उनका छोरा १२ लाख हाराहारी खर्च गरेर अघिल्लो बर्ष चैतमा बैदेशिक रोजगारीका सिलसिलामा बहराइन गएका छन् । बुहारी काठमाडौंमा नर्सिङ पढ्दैछिन् ।
छोराले पनि घर बनाउनका लागि केही सयम कुर्न भनेको उनले सुनाए । केही समय पर्खेर छोराले ऋण चुक्ता गरेर कमाई ल्याएको पैसाले भनेजस्तो घर बनाउने सपना छ दुर्गाबहादुरको ।
बारपाकबासीलाई सरकारको आस नभएर कसैले सामान्य त कसैले करोडसम्म लगानी गरेर आफैले घर बनाएको उनले बताए । सामान्य खेती किसानी गर्ने दुर्गाबहादुरले बारपाकमा गहुँ, मकै, जौ, कोदो, आलु, प्याज फलाउने गरेका छन् । उनले केही कुखुरा पनि पालेका छन् ।
गोरखाको सुलीकोट गाँउपालिका अन्र्तगत पर्ने गुरुङहरुको बस्ति बारपाकमा धेरैजसो स्थानीहरुले आफ्नो इच्छा अनुसारको घर बनाइरहेका छन् । सरकारले पहिलो किस्ताको रकम वितरण गर्नु अघि नै धेरैले घर बनाउन शूरु गरिसकेका थिए । राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले बारपाकलाई पनि एकीकृत नमुना बस्ति बनाँउने भने पनि यसको प्रक्रिया अझै अगाडि बढाउने सकेको छैन भने स्थानीहरुले आफ्नो क्षमता अनुसारको घर निर्माणको कामलाई पनि अघि बढाइरहेका छन् ।
गोरखामा बने ४ हजार ३ सय ५५ घर
भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माणका लागि खडा गरिएको शहरी विकास मन्त्रालय अन्र्तगत केन्द्रीय आयोजना कार्यान्वन इकाईका अनुुसार गोरखामा हालसम्म ४ हजार ३ सय ५५ घर निर्माण भएका छन् ।
बनेका अघिकांश घरहरु गैरसरकारी संस्थाको सहयोगमा निमार्ण भएका हुन् । घर बनाउनका लागि तेश्रो किस्ता अनुदान पाउनका लागि २ सय १० जनाले निवेदन दिएका छन् । यस्तै दोश्रो किस्ता अनुदानका लागि ६ हजार १५ जनाले निवेदन दिएका छन् ।
गोरखामा पहिचान भएका ५८ हजार भूकपप्रभावित मध्ये १० हजार ६ सय ९२ घर निर्माणको प्रक्रिया शूरु भएको छ ।
हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा
-
दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा