बढुवा भएका ८ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
_q4mm6PLOEt.jpg)
काठमाडौँ । प्रहरीमा जनपद समूहतर्फ डीएसपीबाट एसपीमा बढुवा भएका ८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवर र अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नवनियुक्त एसपीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
बढुवा हुनेमा निरन्जन दत्त भट्ट, विनोद घिमिरे, ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, श्याम बाबु ओलिया र सन्तोष तामाङ्ग र राजन लिम्बु छन् । बढुवा समितिले चैत १४ मा गरेको सिफारिस अनुसार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरूलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् ।
आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले निकालेको बढुवा सिफारिस सूचीमा प्रतिस्पर्धाको १ नम्बरमा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्री छुटेका छन् । ६ नम्बर वरियतामा रहेका नारायण रंजिनकार पनि बढुवाको सुचीमा परेनन् । त्यसबारे सर्वत्र आलोचना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइसको ठक्करबाट साइकलयात्रीको मृत्यु
-
राय, सुझाव र प्रतिक्रियाबारे छलफल गर्न सर्च कमिटीको बैठक
-
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा फरार
-
रवी लामिछानेको ज्यान असुरक्षित भएको भन्दै रास्वपाले मानव अधिकार आयोगलाई बुझायो निवेदन
-
५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान