गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबिच व्यावसायिक साझेदारी सम्झौता
काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबिच व्यावसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । गरिमा क्यापिटलको कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्ट सोलुसनका तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
‘हरेक नेपाली शेयरधनी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसनबीच सम्पन्न सम्झौता अनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकवर्गलाई पुँजी बजारसँग सम्बन्धित सेवाहरू आवश्यकता अनुसार प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख छ । यो व्यावसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यावसायिक संस्थाहरुलाई पुँजी बजारमा सहज, सुरक्षित, र भरपर्दो रूपमा सेवाहरू प्राप्त गर्न सहयोग पुऱ्याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पुऱ्याउनेछ भन्ने विश्वास दुवै कम्पनीले लिएका छन् ।
नेक्सजेन म्यानेजमेन्ट सोलुसन कम्पनी रजिष्ट्रारबाट इजाजत प्राप्त कम्पनी हो। पूर्व बैंकर लगायत विज्ञ व्यक्तिहरु संलग्न कम्पनीले सम्पत्ती व्यवस्थापन लगायत व्यावसायिक परामर्शको कार्य गर्दै आएको गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त