अदालत
सञ्चारमाध्यमविरूद्ध निकिता पौडेलले गरिन् मुद्दा दायर
शुक्रबार, २३ चैत २०८०, १७ : ३६
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले शुक्रबार विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेकी छन् । पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलाइन खबर, उकेरा लगायतका मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१) बमोजिम तीन वर्ष कैद, तीस हजार जरिवाना र सोही संहिताको दफा ३०७ (२) बमोजिम प्रतिव्यक्ति ५ करोड क्षतिपूर्तिको मागदाबी लिएर लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन् ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले पौडेलले सञ्चारमाध्यामविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको चैत महिना ? हेर्नुहोस् मासिक राशिफल
-
समाजवादी मोर्चाको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
युद्धविराम प्रस्ताव : जेलेन्स्कीलाई पुटिनमाथि ठूलो शंका
-
तराई तथा मधेसमा आज होली मनाइँदै
-
मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, आज कहाँ कहाँ हुन्छ वर्षा ?