नेसपाले इलाम- २ मा थेगिमलाई समर्थन गर्ने

काठमाडौँ । नेपाल समाजवादी पार्टीले वैशाख १५ गते हुने इलाम निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ । शुक्रबार सो पार्टीले एक विज्ञप्ति जारी गरी उपनिर्वाचनमा थेगिमलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।
पार्टी प्रवक्ता कृष्ण शर्माद्वारा जारी विज्ञिप्तमा भनिएको छ– ‘मिति २०८१ वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुन गैरहेको उपनिर्वाचनमा नेपाल समाजवादी पार्टीले स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्दछ ।’
नेपाल समाजवादी पार्टी अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरणसहित वैकल्पिक समाजवादी शक्ति निर्माणको अभियानमा रहेको जनाउँदै यसका लागि परम्परागत राजनैतिक दलहरुको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चंगुलबाट देशलाई अग्रगामी निकास दिनु आजको आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा समतामुलक समृद्धि, पहिचान र सामर्थ्य सहितको संघीयता, सुशासन, सदाचार, राष्ट्रिय स्वाधिनता र समून्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेदवार थेगिमलाई समर्थन गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा ६ जनालाई योद्धा सम्मान प्रदान
-
नयाँ राजनीतिक दलबारे प्रधानमन्त्रीको टिप्पणी: चलाउन नजान्ने ड्राइभरलाई जिम्मा दिन सकिँदैन
-
शिक्षा प्रणालीलाई प्रविधियुक्त र समायानुकुल बनाउन आवश्यक : मन्त्री दाहाल
-
भोलिदेखि शिक्षक आन्दोलन बिहान १० देखि २ बजेसम्म हुने
-
मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ कि के बिनाको : प्रधानमन्त्री ओली
-
अप्रत्याशित रूपमा शिक्षामन्त्रीको राजीनामा किन आयो ? प्रधानमन्त्रीले दिए यस्तो जवाफ