नोवेलमा मुटुको समस्या भएको बिरामीको स्टेण्ट विना नै गरियो एन्जियोप्लाष्टी
विराटनगर । मुटुको रक्त प्रवाह गर्ने धमनी साँघुरिएमा शरीरमा रक्त प्रवाहमा कमी आई समस्या उत्पन्न हुन जान्छ र मानिसको ज्यान नै जान सक्दछ । यस्तो अवस्थामा बिरामीलाई एन्जियोप्लाष्टी गर्नु पर्दछ ।
प्राय एन्जियोप्लाष्टी गर्दा स्टेण्ट हाल्ने गरिन्छ । तर विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा एक जना बिरामीको स्टेण्ट विना नै एन्जियोप्लाष्टी गरिएको छ । अस्पताल श्रोतका अनुसार पहिलो पटक ड्रग कोटेड बलुन एन्जियोप्लाष्टी (डी सी बी) गरिएको हो ।
तीन वर्ष अगाडि इलाम जिल्ला सन्दकपुर गाउँपालिकाका एक जना बिरामीलाई छाती दुख्ने समस्या भयो । गाउँघरमा सुरुमा धामी झाँक्री लगाउने चलन र त्यसैमा दुई दिन बित्यो तर दुखाई घट्नुको सट्टामा बढेर गए पछि उनी उपचारको लागि झापा झरे र उपचारको क्रममा भारतको सिलिगुडीमा स्टेण्ट लगाएर एन्जियोप्लाष्टी भयो । पछि फेरी छाती दुख्ने समस्या सुरु भए पछि उनी उपचारको लागि तत्काल झापामा आई जाँच गराए र थप उपचारको लागि नोवेल आए । नोवेलमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको टोलीबाट उनको मुटुमा तीन वर्ष अगाडि हालिएको स्टेण्टमा पुन ब्लकेज भए पछि विना स्टेण्ट ड्रग कोटेड बलुन एन्जियोप्लाष्टी भयो । बिरामीको अवस्था सामान्य भए पछि उनको डिस्चार्ज भइसकेको छ ।
प्रा. डा. राजेश नेपालका अनुसार स्टेण्ट हालेर गरिने एन्जियोप्लाष्टीको बैकल्पिक रुपमा यो प्रविधि रहेको छ । यसमा औषधी भएको बेलुन साँधुरिएको धमनीमा पुर्याएर फुलाउने खुम्चाउने गरिन्छ । यसले गर्दा साँधुरिएको भाग खुल्न गई रगतको प्रवाह सुचारु हुन्छ । तर आजको दिन सम्म सवै स्टेण्ट हाल्ने प्रकारको समस्यामा ड्रग कोटेड बलुन एन्जियोप्लाष्टी लगाउन सकिदैन तर पहिला स्टेण्ट हालीसकेको तर पुन नशा साँघुरिएमा यो प्रविधिबाट उपचार गर्दा प्रभावकारी हुन्छ । दुई स्थानमा रक्त नली साँघुरिएको भए एक ठाउँमा स्टेण्ट हालेर अर्को ठाउँमा यो प्रविधिबाट उपचार गर्न सकिन्छ अथवा साना धमनीहरुमा जहाँ स्टेण्ट हाल्न सम्भव छैन त्यस्ता ठाउँमा यो प्रविधि प्रभावकारी हुने गर्दछ ।
उनका अनुसार यो सजिलो प्रविधि रहेको र प्राविधिकरुपमा पनि सजिलो छ । जोखिम पनि कम हुन्छ । यो नयाँ प्रविधि भएको र यसको सक्सेस रेट पनि राम्रो छ । यसो भन्दा प्रश्न उठ्न सक्छ की के यसले स्टेण्टलाई विस्थापित गर्दछ ? तर यसले पूर्णरुपमा स्टेण्टलाई विस्थापित गर्ने अवस्था छैन । यो प्रविधिको प्रभावकारिताको आधार ५० प्रतिशत जति अवस्थामा स्टेण्टको सट्टा ड्रग कोटेड बलुन एन्जियोप्लाष्टी गर्न सकिने सम्भावना देखिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी
-
उद्योगमन्त्री भण्डारीद्वारा विवादित चुनढुङ्गा खानीको स्थलगत अनुगमन
-
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा