ग्वार्को फ्लाइओभर निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीयको गुनासो, अनसन बस्ने चेतावनी

काठमाडौँ । ग्वार्को फ्लाइओभर निर्माणमा भएको ढिलासुस्तीलाई लिएर स्थानीयहरूले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठ मसान्तसम्म सकिसक्न आग्रह गर्दै स्थानीयहरूले ध्यानाकर्षण गराएका हुन् । उनीहरुले जेठ मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भएपनि त्यो अनुसारको योजना बनाएर काम नगरेको बताए ।
फ्लाइओभरको निरीक्षण र स्थानीयहरूलाई साथ दिन पुगेका बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले परियोजना निर्माणमा धेरै नै ढिलासुस्ती भइरहेको बताए । उनले परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौँ उपत्यकाभर नै ट्राफिक प्रणालीमा असर परेको भन्दै समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराए । उनले समयमा काम सम्पन्न हुन नसक्दा स्थानीयहरूलाई दैनिक जनजीवनमा असर परिरहेको उल्लेख गरे । उनले जेठ मसान्तसम्म सक्ने प्रतिविद्धताअनुसार काम नभए र समयमै काम नसकिए फ्लाइओभर निर्माणस्थलमै अनसन बस्न बाध्य हुने चेतावनी दिए ।
यता निर्माण कम्पनीले भने केही समय यता २४ सै घण्टा काम गरिरहेको बताएको छ । चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा