दोस्रो एकदिवसीयमा आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य
काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई जितका लागि एक सय ७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको हो ।
आयरल्यान्डका लागि गाभिन होएले अर्धशतकीय पाली खेले । उनले ५९ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए । कप्तान निल रकले पनि टोलीको खातामा ४५ रन थपे । लियाम म्याकार्थीले पनि ३५ रन बटुले । पिटर मुरले १७ रन बनाए ।
आयरल्यान्डका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर साहब आलम र रिजन ढकालले तीन-तीन विकेट लिए । साहब आलमले १० ओभरमा एक मेडन राख्दै ३५ रन खर्चिए ।
रिजन ढकालले भने आठ ओभरमा ३० रन खर्चिएका थिए । यसका अतिरिक्त मौसम ढकालले पनि दुई विकेट हात पारे । कमलसिंह ऐरीले पनि एक विकेट लिए । आयरल्यान्डले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो ।
आयरल्यान्डका ओपनर जेम्स म्याकुलुमलाई साहब आलमले रनआउट गराएका थिए । जेम्स खाता खोल्नुअघि नै रनआउट भई पेभेलियन फर्किएका थिए । पहिलो ओभरको पाँचौँ बलमा जेम्स आउट हुँदा आयरल्यान्डले एक रनमात्र बनाएको थियो ।
त्यसअघि आयरल्यान्डले दोस्रो विकेटका साहब आलमले लिएका थिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीलाई दुई रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारे । ४.२ ओभरमा स्टिफन आउट हुँदा आयरल्यान्डले ११ रन बनाएको थियो ।
आयरल्यान्डको तेस्रो विकेट रिजन ढकालले लिएका हुन् । रिजनले आयरल्यान्डका तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरलाई मौसम ढकालद्वारा क्याच गराएका थिए । पिटरले पेभेलियन फर्किनुअघि १७ बलमा तीन चौकाको मद्दतले १७ रन बनाएका थिए । छैटौँ ओभरको अन्तिम बलमा पिटर आउट हुँदा आयरल्यान्डले २१ रन बनाएको थियो ।
त्यसलगत्तै आयरल्यान्डका अर्का ब्याट्सम्यान मोर्गन टपिङ पनि पेभेलियन फर्किएका थिए । चौथो नम्बरका ब्याट्सम्यान मोर्गनलाई दुई रनको ब्यक्तिगत स्कोरमा साहब आलमले कप्तान विनोद भण्डारीद्वारा क्याच गराएका थिए । ६.४ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्डले २१ रन बनाएको थियो । साहब आलमले लिएको यो दोस्रो विकेट थियो ।
यसअघि बुधबार खेलिएको पहिलो एकदिवसीय खेलमा नेपाल २१ रनले पराजित भएको थियो । नेपाल र आयरल्यान्डबिच तीनवटा खेलको एकदिवसीय शृंखला खेलिने कार्यक्रम छ । तेस्रो एकदिवसीय खेल आइतबार खेलिने छ । यसअघि खेलिएको तीन खेलको टी–२० शृंखलामा आयरल्यान्ड ‘ए’ २–१ ले विजयी भएको थियो ।
आयरल्यान्डको पाँचौँ विकेट पनि साहब आलमले नै लिएका थिए । उनले आयरल्यान्डका छैटौँ नम्बरका ब्याट्सम्यान गारेथ डेलानीलाई भीम सार्कीद्वारा क्याच गराएका थिए । डेलानीले खातासम्म खोल्न सकेनन् ।
साहब आलमले लिएको यो तेस्रो विकेट थियो । नवौँ ओभरको अन्तिम बलमा डेलानी आउट हुँदा आयरल्यान्डले केवल ३४ रन बनाएको थियो । आयरल्यान्डको छैटौँ विकेट मौसम ढकालले लिएका थिए ।
उनले आयरल्यान्डका सातौँ नम्बरका ब्याट्सम्यान फियोन ह्यान्डलाई पाँच रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । १३.४ ओभरमा फियोन आउट हुँदा आयरल्यान्डले केवल ५० रन बनाएको थियो ।
आयरल्यान्डको सातौँ विकेट कमलसिंह ऐरीले लिएका थिए । उनले आयरल्यान्डका कप्तान निल रकलाई बसिर अहमदद्वारा क्याच गराएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निल रकले आयरल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
निल रकले टोली अप्ठ्यारो स्थितिमा रहँदा ४५ रन बनाएका थिए । यस क्रममा उनले ३८ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काएका थिए । २०.३ ओभरमा निल रक आउट हुँदा आयरल्यान्डले ९४ रन बनाएको थियो ।
आयरल्यान्डको आठौँ विकेट रिजन ढकालले लिएका थिए । उनले आयरल्यान्डका आठौँ नम्बरका ब्याट्सम्यान गाभिन होएलाई परिवर्तित खेलाडी रुपेश सिंहद्वारा क्याच गराएका थिए । रिजन ढकालले लिएको यो दोस्रो विकेट हो ।
गोभिन होएले आयरल्यान्डका लागि महत्वपूर्ण पाली खेलेका थिए । पेभेलियन फर्किनुअघि उनले ५९ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाएका थिए ।
३२ औँ ओभरको अन्तिम बलमा गाभिन होए आउट हुँदा आयरल्यान्डले एक सय ४८ रन बनाएको थियो । आयरल्यान्डको नवौँ विकेट पनि रिजन ढकालले नै लिएका थिए ।
उनले आयरल्यान्डका दशौँ नम्बरका ब्याट्सम्यान थोमस मोएसलाई पाँच रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । रिजन ढकालले लिएको यो तेस्रो विकेट हो । ३५.४ ओभरमा थोमस आउट हुँदा आयरल्यान्डले एक सय ६० रन बनाएको थियो ।
आयरल्यान्डको अन्तिम विकेट मौसम ढकालले लिएका थिए । उनले आयरल्यान्ड ‘ए’ का लियाम म्याकार्थीलाई बसिर अहमदद्वारा क्याच गराएका थिए ।
लियामले पेभेलियन फर्किनुअघि ५४ बलमा तीन चौकाको मद्दतले ३५ रन बनाएका थिए । आयरल्यान्डमा म्याथ्यू हमफ्रेयस दुई रनमा अविजित रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा नैतिकताको खाँचो
-
स्वदेशी उत्पादनको वस्तु प्रयोगको कुरा सरकारको भाषणमा मात्र सीमित छ : अध्यक्ष ज्ञवाली
-
पूरा भयो ट्रम्पको मन्त्रीमण्डल
-
दिवङ्गत पदम राईलाई माओवादी अध्यक्ष प्रचण्ड लगायत नेता–कार्यकर्ताले दिए श्रद्धाञ्जली (तस्बिरहरू)
-
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित
-
नवलपरासी पूर्वमा ‘विद्यार्थीसँग प्रशासन’ अभियान सुरु