बागमतीमा मन्त्रालयगत भागबन्डा मिलाउन कार्यदलको बैठक

हेटौँडा । बागमती प्रदेश सरकारको पावर सेयरिङ र मन्त्रालयगत भागबन्डाको विषय मिलाउन कार्यदलको बैठक बसिरहेको छ। पावर सेयरिङ र मन्त्रालय तथा मन्त्रीको व्यवस्थापनका लागि गठित कार्यदलको बैठक बिहान ११ बजेदेखि काठमाडौँको कोटेश्वरमा बसेको हो ।
प्रदेश सरकारका सत्ता साझेदार दलका प्रमुख सचेतक र सचेतक सदस्य रहेका सो कार्यदलले प्रदेशका १२ मन्त्राबागमतीमा पावर सेयरिङ र मन्त्रालयगत भागबन्डाको विषय मिलाउन कार्यदलको बैठक लयमा नियुक्त भएका १३ मन्त्रीको व्यवस्थापन, सत्ता साझेदार दलबिच मन्त्रालयको सन्तुलन लगायतका विषयमा सहमति गर्ने योजना रहेको छ ।
कार्यदलको उक्त बैठकले सरकारको आगामी कार्ययोजना र कार्यक्रमका विषय निर्धारण गर्ने कार्यदलका सदस्य एवम् नेकपा एमाले बागमती प्रदेशसभा संसदिय दलका सचेतक मधुसूदन पौडेलले जानकारी दिए । उनका अनुसार बैठकले प्रदेश सरकारका आगामी निति तथा कार्यक्रम र बजेट सम्बन्धमा पनि छलफल गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झण्डै तीन दशक अघिको खानेपानी आयोजना अझै पूरा भएन
-
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो
-
‘झुम्सा खानेपानी आयोजना चाँडो सम्पन्न गर्नुको विकल्प छैन’
-
पानीको मुद्दालाई राजनीतिकरण गरियो
-
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै