फिल्म निर्माण सम्बन्धी काठमाडौँमा राष्ट्रिय सम्मेलन
![फिल्म निर्माण सम्बन्धी काठमाडौँमा राष्ट्रिय सम्मेलन](https://npcdn.ratopati.com/media/news/d4a33466-e6f2-46b1-9d90-da2d50e6b44d_kwLjIVuav3.jpg)
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय(केयु)ले नेपाल चलचित्र निर्देशक समाज र किम्फसँग मिलेर फिल्म निर्माण सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । बिहीबार पर्यटन बोर्डमा विविध शीर्षकमा प्यानल छलफलसँगै फिल्म देखाउँदै फिल्म विज्ञ, फिल्मकर्मी, अध्येता र फिल्मकर्मीको सहभागितामा ‘नेशनल कन्फ्रेन्स अन फिल्ममेकिङ इन नेपाल’ सुरु गरेको हो ।
कार्यक्रममा वरिष्ठ निर्देशक लक्ष्मी नाथ शर्माले नेपाली चलचित्रको निर्माणमा इतिहासदेखि वर्तमान सम्मको अवस्थाको जानकारी गराए ।कार्यक्रममा डकुमेन्ट्री माथिको छलफलमा डकुमेन्ट्री मेकर प्रणय लिम्बू, आलोक अधिकारी, इच्छा गुरुङ, दीपक तोलाङ्गे सहभागीले आफ्नो धारणा राखे ।
त्यस्तै दोस्रो सेसनमा रचना गर्भ माथि चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल, निर्देशक सुजित बिडारी, सरिता शाह, सुचित्रा श्रेष्ठ र जनकदीप पराजुलीले धारणा राखेका थिए । फिल्म ‘चेजिङ रेन्बो’ देखाउँदै सकिएको कार्यक्रममा शुक्रबार विविध विषय बस्तुहरूको पेपर प्रिजेन्टेसन र सिनेमा स्क्रीनिङहरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म