शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोभिड कोष अपचलन गरेर किनेको ६५ करोड डलरको ल्याम्बोर्गिनी र रोलेक्स घडी जफत

शुक्रबार, २३ चैत २०८०, ०८ : ०१
शुक्रबार, २३ चैत २०८०

ब्रसेल्स । यूरोपका प्रहरीहरूले ६५ करोड डलरभन्दा बढी मूल्यका ल्याम्बोर्गिनी र रोलेक्स घडी जफत गरेका छन् । यूरोपेली संघ (ईयू)ले कोभिड महामारीपछिको साना तथा मझौला व्यवसायहरूलाई टेवा दिन सुरु गरेको पुनः बहाली कोषमा धोकाधडी र ठगीका मामिलामा प्रहरीले २२ जनालाई पक्राउ पनि गरेको छ । ईयूको अभियोजनकर्ताहरूले गरेको एउटा छानबिनपछि ८ जनालाई पक्राउ गरेका थिए भने १४ जनालाई घरमा नजरबन्द राखिएको छ । २ जनालाई उनीहरू आबद्ध पेसामा अभ्यासमा नै रोक लगाइएको छ ।

यी गिरफ्तारी इटली, अष्ट्रिया, रोमानिया र स्लोभाकियामा भएको हो । इटलीको वित्तीय प्रहरीले बिहिबार घर तथा अफिसमा दर्जनौँ छापा मार्दा ल्याम्बोर्गिनी, पोर्श, रोलेक्स, कार्टियर ज्वेलरी, क्रिीटोकरेन्सी, लक्जरी भिला र अन्य सामानहरु नफ्त गरेको बताइएको छ । ईयूले कोभिडको महामारीको प्रभाव कम गर्न ८ खर्ब युरो बराबरको पुनः बहाली कोष खोलेको थियो ।

यी मामिलाले कोषमा चरम अपचलनको चिन्ता पुनः बल्झाएको छ । इटलीलाई कोषले १ खर्ब ९४ अर्ब युरो भन्दा धेरै रकम दिएको थियो । सन् २०२१ देखि सन् २०२३ को बीचमा आपराधिक समूहहरूले नै ठगीको षडयन्त्र रचेर इटलीको पुनः बहाली कोषको ठुलो रकम हात पारेको हुन सक्ने आशङ्का युरोपको सरकारी अभियोजनकर्ताको कार्यालयको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप