गुजराजविरुद्ध पञ्जाबको रोमाञ्चक जित
काठमाडौं । इन्डियर प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबारको खेलमा पन्जाब किंग्सले गुजरात टाइटन्समाथि ३ विकेटको रोमाञ्चक जित निकालेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो ।
जवाफमा पञ्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै दुई सय रनको लक्ष्य पूरा ग¥यो । पन्जाबका शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेलेका थिए भने आशुतोष शर्माले १७ बलमा ३ चौका र १ छक्कासहित ३१, शिखर धवन १, जोनी बेयरस्टो २२, प्रभसिम्रन सिंह ३५, साम करन ५ र सिकन्दर राजा १५ रनमा आउट भए ।
गुजरातका नुर अहमदले २, आजमतुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकाण्डेले १–१ विकेट लिएका थिए ।
त्यसअघि गुजरातका कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ८९ रनमा अविजित इनिङ खेले पनि जित्नलाई पर्याप्त हुन सकेन ।
साई सुदर्शन २१ बलमा ६ चौकासहित ३३, राहुल टेवाटिया २३ र ऋद्धिमान शाह ११ रनमा आउट भए । पन्जाबका कागिसो रबाडाले २, हरप्रीत ब्रार र हर्षल पटेलले १–१ विकेट लिए ।
आइपीएलको यो सिजनमा ४-४ खेल खेलेका गुजरात र पञ्जाबले समान २ जित र २ हार बटुलेका छन् । अंक तालिकामा पञ्जाब पाँचौँ र गुजरात छैटौँ स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीसीसीआई र पीसीबीले आफ्नो अडान नछाडेपछि मतदानबाट समाधान खोज्दै आईसीसी
-
सिनामंगलमा मृत भेटिएका दम्पती शनिवार क्यानडाबाट फर्केका थिए, टिचिङ अस्पतालमा पोस्टमार्टम गरिँदै
-
उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
-
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबिच भगिनी सम्बन्ध
-
विराट कोहलीले छक्का प्रहार गर्दा सुरक्षाकर्मी घाइते, टाउकोमै बज्रियो बल
-
सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न मुख्यमन्त्री आचार्यको आग्रह