शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
बिस्काः जात्राका लागि श्रीभैरवनाथको रथ निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
परम्परा

बिस्काः जात्राका लागि श्रीभैरवनाथको रथ निर्माण अन्तिम चरणमा (तस्बिरहरू)

शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । चैत २७ गतेदेखि सुरु भई वैशाख ५ गते सम्पन्न हुने भक्तपुरको प्रसिद्ध ’बिस्काः जात्रा’को तयारी तीव्र रूपमा अघि बढेको छ । जात्राका लागि श्रीभैरवनाथको रथ निर्माण कार्य पनि करिब अन्तिम चरणमा पुगेको छ । 

बिस्काः जात्राको लागि तान्त्रिक विधिअनुसार काठ काठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्रीभैरवनाथको रथ निर्माण कार्यका लागि अहिले स्थानीय कालिगडहरू जुटिरहेका छन् ।

८ रात ९ दिनसम्म मनाइने यो जात्रा काठमाडौँ उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये एक हो । लिच्छवी कालदेखि सुरु भएको यो ऐतिहासिक जात्रा विक्रम संवतको नयाँ वर्षको चार दिनअगाडि मनाइन्छ । जात्राको पहिलो दिन चैत २७ गते श्रीभैरवनाथ र श्रीभद्रकालीको रथ तानेर सुरु गरिन्छ ।

चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ ।  वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गरिन्छ । 

NepalPhotoLibrary-01NepalPhotoLibrary-02NepalPhotoLibrary-03NepalPhotoLibrary-04NepalPhotoLibrary-05NepalPhotoLibrary-06NepalPhotoLibrary-08NepalPhotoLibrary-09NepalPhotoLibrary-10NepalPhotoLibrary-12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया