भारतद्वारा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौँ । खोटाङको रावा बेसी गाउँपालिकामा भारतद्वारा निर्मित शारदा माध्यमिक विद्यालय तथा छात्रावास भवनको उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ं.६१ करोड रुपैयाँको सहयोगमा निर्माण भएको सो भवन भवनको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ र नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
दुई तल्ले विद्यालय र छात्रावास भवनको निर्माण र दुवै भवनका लागि आवश्यक फर्निचरको खरिदका लागि पनि भारतले सहयोग गरेको छ । शारदा माध्यमिक विद्यालय सन् १९५२ मा स्थापना भएको थियो । कक्षा १ देखि प्लस टु तहसम्म अध्यापन हुने यस विद्यालयमा ३६५ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्, जसमा ५० प्रतिशत छात्रा छन् ।
भारतले सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएको छ । यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा एउटा परियोजना खोटाङमा रहेको छ । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा चार वटा एम्बुलेन्स र एउटा स्कुल बस खोटाङ जिल्लालाई उपलब्ध गराइएको छ ।
नजिकको छिमेकी भएको नाताले नेपाल र भारतबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको भारतीय दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध