सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
बिहीबार, २२ चैत २०८०, १९ : २१

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । बिहीबार साँझ ५ बजे बस्ने गरी तय भएको सुदूरपश्चिम प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।
प्रदेशसभा सचिव देव बहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८०।१२।२२ गते बिहीबार दिनको ५:०० बजे बस्ने गरी तोकिएको दोस्रो प्रदेशसभाको तेस्रो अधिवेशनको दसौँ बैठक माननीय सभामुखज्यूको आदेशानुसार अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको ब्यहोरा सम्पूर्ण माननीयज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
बिहीबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखक लाठले ल्याए गैरआख्यान ‘सीमान्त सम्झना’
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट
-
२०८१ साल : ‘हाइ प्रोफाइल’हरू नै फौजदारी अपराधमा
-
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड
-
वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता