सामसङले ल्यायो एआई फ्रिज, इन्ष्टाग्राम चलाउनेदेखि स्मार्ट वाशिङ मशिनसम्मका सुविधा

सोल । होम एपलायन्स, विशेषगरी स्मार्ट टेकको दुनियाँमा दक्षिण कोरियाली कम्पनी सामसङ प्रथप्रदर्शक हो भन्दा पनि हुन्छ । कम्पनीले बिहीबार एआई फ्रिज लन्च गरेको छ ।
कम्पनीले एआईयुक्त बीस्पोक फ्रिज ल्याएको हो । फ्रिज इनबिल्ट वाईफाईको साथमा आएको छ । यसको साथमा इन्टरनल क्यामरा र एआई चिपसेटको पनि प्रयोग गरिएको छ । क्यामराले फ्रिजभित्र भएका ३३ वटा आइटमलाई चिन्न सक्ने बताइएको छ ।
फ्रिज प्रडक्ट इजी कन्ट्रोलको साथमा आएको छ । यसलाई स्मार्ट थिङ्ग्स एपमार्फत कन्ट्रोल गर्न सकिनेछ । फ्रिजले युजर्स बिहेभियरबाट सिक्नेछ र सोही अनुसार फ्रिजलाई कन्ट्रोल गर्नेछ । यसमा युजरले इन्ष्टाग्राम चलाउन सक्ने बताइएको छ । कम्पनीले फ्रिजको मूल्यबारे बताएको छैन । फ्रिजमा स्मार्ट टिभी प्यानल पनि जडान गरिएको छ ।
यो स्क्रिनमा युजरले फ्रिजभित्र भएका सबै सामान हेर्न र त्यसको एक्सपायरी म्याद पनि चेक गर्न सक्नेछन् । टिभी प्यानलमा युजरले खाना बनाउने रेसिपी पनि हेर्न सक्नेछन् । यसले फ्रिजमा भएको सामानबाट बन्ने रेसिपी बताइदिनेछ । फ्रिजमा भएको स्मार्ट टिभी प्यानलको मद्दतले स्मार्ट वाशिङ मशिन, माइक्रोवेब र एसी आदिलाई पनि कन्ट्रोल गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध