सहमति नजुट्दा मुख्यमन्त्रीका लागि दाबी प्रक्रिया रोकियो

सुर्खेत। कर्णालीमा सत्तारुढ दलहरूबिच सहमति नजुट्दा नयाँ मुख्यमन्त्रीको दाबी प्रक्रिया रोकिएको छ। नेकपा(माओवादी) ले सभामुख र चार वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ।
दिउँसो माओवादी संसदीय दलका नेता राजकुमार शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेलबिच भेट भएको थियो । तर पनि निकास निस्कन सकेन ।
त्यसपछि शर्माले मुख्यमन्त्री निवासमा आफ्नो दलको बैठक राखे । उक्त बैठकमा बृहत् छलफल भई सम्पूर्ण जिम्मेवारी दल नेता शर्मालाई दिने निर्णय भएको माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले रातोपाटीलाई जानकारी दिए ।
माओवादीले अड्को थापेपछि आज गर्ने भनिएको मुख्यमन्त्री लागि दाबी पेस गर्ने कार्यक्रम रोकिने भएको छ। एमाले भने पहिला मुख्यमन्त्री नियुक्ति गर्ने काम सकिएपछि बाँकी भागबन्डाको विषयमा छलफल गर्ने पक्षमा थियो तर, माओवादीले पहिला नै टुङ्गो लगाउनुपर्ने बताइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा