सन् २५३१ सम्म सबै जापानीको एउटै थर ‘सातो’ बन्न सक्ने : अध्ययन

टोकियो । विवाहसम्बन्धी कानुन परिवर्तन नगरिए भविष्यमा जापानका सबै व्यक्तिको थर एउटै हुन सक्ने एक अध्ययनले देखाएको छ । यद्यपि, जापानमा घट्दो विवाहको दर र जनसङ्ख्याले भने यस ट्रेन्डमा रोकावट बन्न सक्ने बताइएको हो ।
जापानमा अझै पनि विवाहित दम्पतीले एउटै थर राख्नुपर्ने प्रावधान रहेको छ । सामान्यता जापानी पत्नीले आफ्नो पतिको थर आफ्नो नाममा समावेश गर्छिन् । समलिङ्गी विवाहलाई जापानमा अझै मान्यता दिइएको छैन । यदि यो नियम जारी रह्यो भने सन् २५३१ सम्ममा सबै जापानी नागरिकको थर ‘सातो’ बन्ने तोहोको विश्वविद्यालयका अर्थशास्त्री हिरोशी होसिडाको भनाई छ । जापानको थरहरूको रेकर्ड राख्ने कम्पनी म्योजी युराईका अनुसार जापानमा रहेका ३ लाखभन्दा बढी थरमध्ये सातो जापानको सबैभन्दा चर्चित थर हो ।
जापानको १२।५ करोड जनसङ्ख्यामध्ये १८ लाख जनाको थर सातो रहेको छ । दोस्रो स्थानमा सुजुकी र तेस्रो स्थानमा ताकाहासी रहेको छ । अर्थशास्त्री हिरोशीले आफ्नो अध्ययनको निष्कर्ष सोमबार सार्वजनिक गरेका थिए । तर, आफ्नो प्रक्षेपण सफल हुनका लागि हाल जापानको घट्दो विवाहको दरको समस्या समाधान हुनुपर्ने बताएका थिए । सन् २०२३ मा विवाहको दर ६ प्रतिशतले घटेको थियो भने सम्बन्धविच्छेदको दर २.६ प्रतिशतले बढेको थियो । –सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि सरकारले फेरी बोलायो
-
राष्ट्रिय जनमोर्चाको राजधानी केन्द्रित आन्दोलन, तस्बिरहरू
-
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
-
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूको धर्ना जारी, तस्बिरहरू
-
आम्दानी नभएपछि चितवनका उद्योग बन्द
-
इङ्लिस प्रिमियर लिग फुटबल : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?