गृहमन्त्री लामिछानेमाथि लागेको आरोप प्रमाणित हुने तथ्य नभेटिएकाले छानबिन समिति गठन भएन : प्रवक्ता शर्मा

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता रेखा शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोप छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएको बताएकी छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा उनले सो कुरा बताएकी हुन् ।
गृहमन्त्रीमाथि लागेको आरोप प्रमाणित हुनेगरी यथेष्ट प्रमाण नभेटिएको, सोही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद तथा समितिमा बोलिसकेकाले समिति गठन नगरेको प्रवक्ता शर्माले जिकिर गरिन् ।
‘गृहमन्त्रीमाथि संसद्मा उठको प्रश्नको विषयमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर बोलिसक्नुभएको छ । स्वयम् गृहमान्त्रीले पनि संसदीय समितिमा बोलिरहनुभएको छ । अहिले छानबिन समिति बनाउनुपर्ने यथेष्ट प्रमाण नभेटिएकाले बनेको छैन’, प्रवक्ता शर्माले भनिन् ।
सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति नै गृहमन्त्री बनेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राखी संसद अवरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
-
शिक्षक नेताहरूलाई वार्तामा जाँदा आफ्नै आन्दोलनरत शिक्षकहरूबाट डर !
-
एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतान्तरले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !
-
सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच विवाद