केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई एक हप्ताभित्र टुंगोमा पुर्याउनुपर्छ : मन्त्री गिरी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ता भित्रमा टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलको क्रममा बोल्दै मन्त्री गिरीले सो विधेयकलाई एक हप्ताभित्र टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् । उनले संसद्को हिउँदे अधिवेशनको समय धेरै बाँकी नरहेको भन्दै चालु हिउँदे अधिवेशनमै समितिले विधेयकलाई पारित गरेर संसदमा पठाउनुपर्ने बताए । उनले एक हप्ताभित्र पारित गर्नेगरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिए । चालु अधिवेशनमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पुर्याउन सके राम्रो उपलब्धि हुने उनको भनाई छ ।
मन्त्री गिरीले छलफलका क्रममा सांसदहरूले राखेको सुझावहरूको सन्दर्भमा मन्त्रालयमा छलफल गरेर धारणा तय गर्ने बताए । विधेयकको सम्बन्धमा बाँकी रहेका छलफलहरूमा सम्बन्धित मन्त्री बसेर छलफल अगाडी बढ्ने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्च १६ मा धर्तीमा आउने भइन् सुनिता विलियम्स
-
१८ करोडमा जेम्स क्यामरुनले गोविन्दालाई अफर गरेका थिए अवतारमा ?
-
‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण
-
चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा
-
अनेरास्ववियुको प्रतिबद्धता पत्र : विद्यार्थीलाई २५ युनिटसम्म निःशुल्क बिजुली
-
उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ नामक पुस्तक लोकार्पण