हुलाकी राजमार्गको भौतिक प्रगति ६५ प्रतिशत
बिहीबार, २२ चैत २०८०, १५ : २४

काठमाडौँ । हुलाकी राजमार्गको अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ । बिहीबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा राजमार्ग आयोजना प्रमुख अजय कुमार मुलले उक्त जानकारी दिएका हुन् ।
२०६६/०६७ सालमा सुरु भएको राजमार्ग अहिले म्याद थप्दै सम्पन्न मिति २०८३/०८४ पुर्याइएको छ । सुरुको लागत ६५ अर्ब अनुमानित लागत थियो भने अहिले बढेर १ खर्ब ९३ करोड पुर्याइएको छ ।
अहिलेसम्म १२४३ किलोमिटर कालोपत्रे र १३५ वटा पुल बनिसकेको मुलले जानकारी दिए । आयोजनको वित्तीय प्रगति भने ६० प्रतिशत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता