नाउपाका २ सांसदले विश्वासको मत नदिने भएपछि कांठमाडौँमै अड्किए स्वतन्त्र सांसद जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिन गइरहेका छन् । तर उनी विश्वासको मत पाउने वातावरण क्षीण बन्दै गएको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा), स्वतन्त्र सांसद डा. तारा जोशी र राप्रपाकी सांसद खिमा देवी बिष्टको समर्थनले मात्रै मुख्यमन्त्री शाहले सुविधाजनक विश्वासको मत पाउँछन् । तर नाउपाको विवादले नाउपाका सांसद कैलाश चौधरी, टीका थापा विश्वासको मत नदिने पक्षमा उभिएका छन् । विश्वासको मत दिने पक्षमा उभिएकी रेशम चौधरी पक्षीय नाउपा सांसद इन्दिरा गिरीलाई यसअघि नै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पदमुक्त गरेकी छिन् । जुनकारण मुख्यमन्त्री शाहलाई आवश्यक विश्वासको मत नपुग्ने भएको हो ।
नाउपाका सबै सांसदले विश्वासको मत दिएपछि मात्रै आफूले निर्णायक विश्वासको मत दिने वातावरण कुरेका स्वतन्त्र सांसद जोशीले पनि अब अन्ततः विश्वासको मत नदिने बताएका छन् ।
स्वतन्त्र सांसद जोशीले रातोपाटीसँग भने, ‘नाउपाको सबै सांसदले विश्वासको मत नदिएको अवस्थामा मेरो मतको कुनै सार्थकता छ र ? मैले त्यहाँ (संसद्)मा जानु र नजानुको अर्थ रहन्न । त्यही भएर नजाने पक्षमा छु ।’
सांसद जोशी हाल काठमाडौँमै छन् । नाउपा सांसद कैलाश चौधरी र टीका थापा पनि काठमाडौँमै छन् ।
नाउपा सांसद कैलाश चौधरी पनि हाल आफू काठमाडौँमै रहेको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’