अमेरिकामा एरिका नगदसहित सम्मानित
![अमेरिकामा एरिका नगदसहित सम्मानित](https://npcdn.ratopati.com/media/news/2_cZOsz03wXS.jpg)
ह्युस्टन । अमेरिकामा नेपाली कराँते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् । १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका युएस ओपन च्याम्पियनसीपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १० औँ साग गेमका गोल्डमेडलिस्ट समेत रहेका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो । गत २८ मार्चदेखि अप्रील १ सम्म अमेरिकाको टेक्सासमा भएको उक्त प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेर समूह स्वर्ण र ६८ केजी तौल समूहमा रजत पदक हात पारेकी थिइन् ।
यो प्रतियोगिताले आगामी खेलकुदलाई थप सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए । जुलाईमा भुटानमा हुने ८ औँ साउथ एसियन कराँते च्याम्पियनसिप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ । उनका अनुसार अमेरिका गएको कराँते टोली ९ तारिखमा काठमाडौँ फर्किनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने आँट गर्न सक्दैन’
-
एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्षमा नेपाली निर्वाचित
-
माओवादी केन्द्रीय विभागमा कार्य विभाजन : प्रचण्ड स्कुल, जनार्दन संगठनको कमान्डर
-
गाजा किन्ने भनाइमा अडिग छन् ट्रम्प
-
अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला
-
नायक सलोन बस्नेतको त्यो यादगार भ्यालेन्टाइन, सुनेरै पूर्व मिस नेपाल नम्रताको थामिएन हाँसो