गण्डकी प्रदेशले दियो पोखरा विश्वविद्यालयलाई शिक्षण अस्पताल चलाउने अनुमति
![गण्डकी प्रदेशले दियो पोखरा विश्वविद्यालयलाई शिक्षण अस्पताल चलाउने अनुमति](https://npcdn.ratopati.com/media/news/435520442_25812324195021478_1436067615221493708_n_PAjTc7XSVg.jpg)
पोखरा । पोखरा विश्वविद्यालयलाई गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल सञ्चालनको अनुमति दिएको छ । १ सय शय्यासम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिने कानुनी व्यवस्था छ । त्यसमाथिको अनुमति भने सङ्घ सरकारले दिन्छ । सर्त पालना गर्ने गरी ६ महिनाका लागि अस्पताल सञ्चालनको अनुमति दिइएको प्रदेशका स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार सर्तहरू पालना भए स्थायी रूपमा सञ्चालन अनुमति दिइने छ ।
‘अस्पताल सञ्चालनका लागि निवेदन आएपछि मन्त्रालय र निर्देशनालयको टोलीले पटक पटक स्थलगत अनुगमन गरेको छ,’ उनले भने, ‘अनुगमन प्रतिवेदनकै आधारमा अनुमति दिइएको हो ।’ अनुमति दिनुअघि जनरल वार्ड र जनशक्तिको राम्रो व्यवस्थापन, सिएसएसडी, लन्ड्री र ब्लड बैंकको उचित व्यवस्थापन, एम्बुलेन्सको व्यवस्था, इएमआर सिस्टम, फार्मेसीलाई पर्याप्त ठाउँमा स्थानान्तरण, फोहोरको उचित व्यवस्थापन लगायत सर्तहरू अघि सारेको छ ।
सबै सर्त पालना गर्न सहमत भएपछि अनुमति दिइएको हो । विश्वविद्यालयले गत वर्षदेखि अस्पताल सञ्चालन गरेको हो । अहिले ओपीडी सेवा चलिरहेको छ । ३० जना स्वास्थ्यकर्मीबाट सेवा दिइएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ