एमाजनले क्लाउड कम्प्युटिङ एकाइबाट निकाल्यो सयौँ कर्मचारी
![एमाजनले क्लाउड कम्प्युटिङ एकाइबाट निकाल्यो सयौँ कर्मचारी](https://npcdn.ratopati.com/media/news/amajon_Awt9MVHFJC.webp)
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय अनलाइन खुद्रा विक्रेता कम्पनी एमाजनले आफ्नो क्लाउड कम्प्युटिङ व्यवसायबाट सयौँ कर्मचारीलाई कामबाट निकाल्ने घोषणा गरेको छ । एमाजन वेब सर्भिसेज (एडब्ल्यूएस)को व्यवसाय बढिरहेको छ । कम्पनीको कूल आम्दानीमा यसको अनुपात १४ प्रतिशत पुगिसकेको एमाजनको पछिल्लो वित्तीय प्रतिवेदनले देखाएको थियो ।
कम्पनीले भौतिक स्टोर, एमाजन फ्रेस आदिको साथमा आफ्नो रणनीतिमा परिवर्तन गरिरहेको छ । मंगलबार कम्पनीले सबै स्टोरबाट जष्ट वाक आउट भन्ने सेल्फ चेक आउट सिष्टम हटाउने घोषणा गरेको थियो । पछिल्लो रोजगारी कटौतीले विक्री, मार्केटिङ र ग्लोबल सर्भिसेजमा कयौँ सय रोजगारी प्रभावित हुने बताइएको छ । केही सयले भने कम्पनीको भौतिक स्टोरको प्राविधिक टिममा रहेको आफ्नो जागिर गुमाउनेछन् ।
कम्पनीले लगानी, कर्मचारी भर्ती र भएको संसाधनको उच्चतम प्रयोगलाई निरन्तरता दिइरहँदा रोजगारी कटौती आवश्यक भएको कम्पनीको भनाई छ । रोजगारी कटौती विश्वभर हुने बताइएको छ । एडब्ल्यूएसमा अधिकांश कटौती चाँहि गृहनगर सियाटलमा हुने कम्पनीले बताएको छ । अमेरिकामा रहेका कर्मचारीहरूसँग तलब र सेवा सुविधा लिन ६० दिनको समय हुने बताइएको छ । यिनीहरूले सेवामुक्त भत्ता पनि पाउनेछन् । गएको वर्षको अन्त्यसम्ममा एमाजनमा विश्वभर १५ लाख फूल टाइम र पार्ट–टाइम कर्मचारी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा
-
जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिष्ट पार्टीको शुभकामना
-
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ