इलाम-२ मा माओवादीले उम्मेदवारी नदिने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले इलाम-२ मा उम्मेदवारी नदिने भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले सङ्केत गरे ।
यद्यपि माओवादी केन्द्रका महासचिव देव गुरुङले यस विषयमा एमाले र माओवादीबिच कुनै सहमति नभएको रातोपाटीलाई बताए । उनले वामपन्थीहरूबिच सहमति भए त्यहीअनुसार निर्णय हुने जानकारी दिए ।
‘लेफ्टहरूबिच सहमति भएमा त्यहीअनुसार हुन्छ । अहिलेसम्म सहमतिबारे लिखित सम्झौता भएको छैन’, उनले भने । तर माओवादीबाट इलाम-२ का उम्मेदवारी दिने तयारी गरेका धीरेन्द्र शर्माले उम्मेदवारी नदिने निर्णय भएको जानकारी आफूलाई प्रदेश इन्चार्जबाट आएको बताए ।
‘प्रदेश इन्चार्जले उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिनुभएको छ । त्यही अनुसार एमालेका उम्मेदवारलाई जिताउन लाग्छौँ’, उनले भने । वैशाख १५ गते हुने उपनिर्वाचनमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उपनिर्वाचनका लागि २४ गते मनोनयन दर्ता गर्ने कार्य तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ
-
थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर फर्कियो एभरेस्ट कल्चरल ग्रुप
-
बीवाईडीले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड
-
राष्ट्रपति सीसँग कुरा गर्न तयार छन् ट्रम्प, को पहिला झुक्ला ?
-
अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेको जेलेन्स्कीको आरोप
-
धवलशमशेरलाई क्यान्सरको फलोअप उपचारमा जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप